निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

शिवालय युवा विकास मन्चद्वारा वान्द्रेवेणी चौर सरसफाइ

पर्वत- कुश्मा स्थित  शिवालय युवा विकास मञ्चको आयोजनामा शुक्रबार कुश्माको ऐतिहासिक बान्द्रवेणी चौरमा युवा भेला सम्पन्न भएको छ। करिब ५० जना सक्रिय युवाको सहभागिता रहेको भेलामा चौर संरक्षण सम्बन्धी महत्वपूर्ण छलफलका साथै मन्दिर सरसफाइ र चौरमा रहेका ढुंगा पन्छाउने काम गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष संविधान गिरीले युवाहरू पाटीगत स्वार्थमा नफसी एकजुट भई समाजसेवामा लाग्नु पर्ने आवश्यकता औंल्याए। उनले आगामी असोज ११ गते हुने कन्सर्ट कार्यक्रममा पनि सबैलाई साथ दिन आग्रह गरे।

कार्यक्रम सञ्चालन गर्दै मञ्चका सह–सचिव सन्दीप नेपालीले कुस्मामा युवाहरूबीचको एकता समाजमा व्याप्त बेतिथि र भ्रष्टाचार अन्त्यको आधार बन्ने बताए। “आजको सबैभन्दा ठूलो शक्ति नै युवा शक्ति हो,” उनले भने।

भेलामा कुस्मा स्पोर्ट्स क्लबका अध्यक्ष विक्रम श्रेष्ठ, जनकल्याण आमा समूहकी अध्यक्ष मान कुमारी गिरी तथा कुस्मा नगरपालिकाका विभिन्न वडाका सक्रिय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img