निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, मंसिर २३, २०८२
Monday, December 8, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पौष ९ देखि १९ गतेसम्म कुश्मामा पर्वत महोत्सव हुँदै

पर्वत उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ हुने भएको छ । उद्यमहरुको प्रचारप्रसार प्रर्वद्धन र कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहित वाणिज्य संघको स्वर्णजन्मोत्सव वर्ष २०८२ को अवसरमा महोत्सवको आयोजना हुन लागेको हो ।

पर्वतको सदरमुकाम कुश्मामा आयोजना हुने महोत्सव आगामी मंसीर ९ देखि १९ गते सम्म महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । महोत्सवबारे जानकारी दिदै वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले र्–ंशान्ति र सद्भावको सन्देश प्रवाह गरी गण्डकी प्रदेशका लघु, घरेलु, कृषि, वन र पशु जन्य उद्यमहरुको प्रबर्धनको लागी महोत्सव आयोजना गरिएको जानकारी दिए ।

साथै पर्वत जिल्लामा रहेका कला संस्कृति, खेलकुद, ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरु प्रवद्र्धन गर्दै आन्तरिक तथा बाहय पर्यटक आवागमन गराई पर्वत जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बनाउने लक्ष्य राखिएको छ ।’

महोत्सवका आकर्षणहरुमा गण्डकी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, स्थानीय लोकसंस्कृति तथा राष्ट्रिय साथै स्थानीय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती, स्थानीय उत्पादित स्वादिष्ट खानाका परिकारहरु, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, सुचनाप्रविधि सम्वन्धी जानकारी र प्रदर्शनी, बाल उद्यान सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु लगायत थुप्रै कुराहरु रहेको संघका महासचिव खड्ग प्रसाद खनालले जनाए ।

कोभिड कालपछि कठिन मोडमा पुग्दै गरेको उद्योगव्यवसायको आर्थिक गतिलाई महोत्सवले चलायमान बनाउने विश्वास उद्योगीव्यवसायीहरुको रहेको छ । अनुमानित आय व्यय विवरण प्रस्तुत गर्दै महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कमल बहादुर जिसीले १ करोड २९ लाख रकमको बजेट रहेको उल्लेख प्रतिवेदन प्रस्तुत गरेका हुन ।

महोत्सवका गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका पुर्व पदाधिकारीहरु गोपी अधिकारी, हरिओम शर्मा लामिछाने, होमनारायण श्रेष्ठ लगायतले महोत्सव बढीभन्दा बढी उद्योगव्यवसायको हित र प्रवद्र्धनमा केन्द्रित हुन सुझाव सरोकारवालाहरुले दिएका हुन ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले मोफसलमा संघर्ष गर्दै गरेका उद्यमीव्यवसायीको हितको पक्षमा उनीहरुकै साथमा रहेर काम गर्न संघ इमानदारिताका साथ खटिनु पर्ने सुझाएका हुन भने स्थानीय कला संस्कृती जग्रेन गर्न स्थानीय कलाकारलाई प्रथामीकता दिन तथा सापटी कलाकार बोलाउने प्रचलन कम गर्न कलाकारहरुले सुझाएका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img