निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

जलजलामा शैक्षिक अभियान, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि असल अभ्यास अन्तरक्रिया सम्पन्न ।

पर्वत /

जलजला गाउँपालिकास्थित लोप्रेमा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी पालिकास्तरीय असल अभ्यास अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पर्वत जिल्लाका सातै स्थानीय तहका शिक्षा अधिकृतहरूले आ–आफ्ना पालिका तथा नगरपालिकामा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम, असल अभ्यास, चुनौती र उपलब्धिहरू प्रस्तुत गर्दै अनुभव आदान–प्रदान गरेका छन् ।

अन्तरक्रिया कार्यक्रमले स्थानीय तहबीच सहकार्यलाई सुदृढ गर्दै शिक्षाको गुणस्तर सुधार तथा प्रभावकारी शैक्षिक अभ्यासको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
जलजला गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन जलजला गाउँपालिकाका शिक्षा अधिकृत टंकनाथ पौडेलले गरेका थिए ।


कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए भने प्रमुख प्रशासकीय अधिकृत श्री खगराज गौतमले स्वागत मन्तव्य प्रस्तुत गरे ।
अन्तरक्रिया कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, शिक्षा विकास तथा समन्वय इकाइ पर्वतका प्रमुख मतिलाल चपाईं, फलेवास नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद आचार्य, पैयूं गाउँपालिकाका शिक्षा अधिकृत गोविन्दराज सुवेदी, मोदी गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्री, महाशिला गाउँपालिकाकी शिक्षा अधिकृत सविता क्षेत्री पौडेल, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दिपक सुवेदी, विहादी गाउँपालिकाका शिक्षा अधिकृत भिम बहादुर नेपाली तथा फलेवास नगरपालिकाकी सहायक शिक्षा अधिकृत मुना शर्मा पौडेल लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी ण्विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक संघ–संगठनका प्रतिनिधि, स्थानीय शिक्षा सरोकारवाला तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img