२९ चैत्र २०८२
दिल सागर
पर्यटन प्रवद्र्धनका लागि पर्वतमा क्रियाशिल पत्रकारहरुको २ दिने पदयात्रा सम्पन्न भएको छ । “यात्रा एक खोज अनेक” भन्ने मुलनाराका साथ नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको २ दिने पदयात्रामा पर्वतमा क्रियाशिल १६ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

जलजला गाउँपालिका र मोदीगाउँ पालिकाको सिमानमा रहेको जलजला क्षेत्रवाट शुरु गरिएको पद यात्रा हम्पालको लेक कालान्जार , माटेको लेक , डाडाकमेरे , भमरकोट, पर्यटकिय गाउँ भुकदेराली , लप्सिवोट ,कास्कीको विरेठाटी ,पर्वतको डिमुवा हुदै मोदीगाउँपालिका पर्यटकिय गाउँ चित्रे पुगेर समापन भएको थियो ।
पर्वतको सबैभन्दा उचाईमा रहेको हम्पाल क्षेत्र समुद्री सतहबाट ३ हजार ३ सय ९ मटिरको उचाईमा रहेको छ। पर्वतका शालजिा, लेकफाँट, क्याङ क्षेत्रमा पर्ने हम्पाल खासगरी सयौं थरीका जडबिुटी, लोपोन्मुख रुखहरु, वन्यजन्तु रहेका छन् । लालीगुँरासको पहाडका नामले पन परचिति यो क्षेत्रमा हम्पाल डाँडा, जलजला, माटेपानी ,फलाटे रहेका छन्।

यहाँबाट सूर्योदय र सूर्यास्तको सहज रूपमा अवलोकन गर्न सकन्छि । हम्पाल लेकबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ लगायतका जल्लिाको अवलोकन गर्न सकन्छि ।
कार्यक्रममा जलजला कालान्जार क्षेत्रकाको वारेमा जलजला गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले भ्रमणमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।
यस भ्रमणले कास्की नयापुल भुकदेउराली, भमरकोट ,माटेपानीको लेक, जलजला हुदै कालान्जारक्षेत्र जाने नया पदमार्गको वारेमा प्रचार प्रचार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले जानकारी दिनुभयो ।

पदयात्रमा पर्वत जिल्लाकै उच्च ठाउँ जलजला कालान्जार क्षेत्रको रमणिय दृष्य , विभन्न प्रजातीका लालिगुँरास, हरियालीवनस्पती, बनक्षेत्र ,प्राकृतिक सौन्दर्यता साथै अग्ला डाँडाहरुको अवलोकन गर्न सकिन्छ ।
पदयात्रा कार्यक्रमले पर्वत जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने नेपाल पत्रकार महासंघ पर्वतले जनाएको छ ।








