२३ बैशाख पर्वत ।
पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रमा स्थानियहरुको स्वास्थ्य जाच तथा आँखा जाच गरिएको छ ।
यूके वाट भोलिन्टियर रुपमा आउनुभएका Dr.Greg को उपस्थितीमा स्थानियहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
Dr.Greg को उपस्थितीमा वैशाख २२ र २३ गते ठानामौलाका ४२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको स्वास्थ्य केन्द्रका व्यवस्थापक रोशन गूरुङले जानकारी दिनुभयो ।

स्वास्थ्य जाच कार्यक्रममा Dr.Greg, स्वास्थ्य केन्द्रका स्वास्थ्य प्रमुख प्राथना पुन , स्वास्थ्य कर्मी (अधिकृत छैटौ) लक्ष्मी सुवेदीले सेवा प्रदान गर्नुभएको थियो ।
विदेश वाट नेपाल आउनुभएका डाक्टर वाट स्वास्थ्य जाच गर्न पाउदा निकै खुसी लागेको स्थानियहरुले वताए ।
कार्यक्रममा चारभञ्ज्याङ तमु समाज समन्वय केन्द्रका अध्यक्ष क्यापटेन देब वहादुर गूरुङ चारभञ्ज्याङ यूवा क्लवका अध्यक्ष याम वहादुर गूरुङ, पर्वत चारभञ्ज्याङ सेवा केन्द्रका संस्थापक सचिव वुद्धिमान सुवेदी लगायत समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

नेपालको ग्रामिण वस्तीमा आएर विरामीहरुको सेवा गर्न पाउदा आफू निकै खसी भएको Dr.Greg वताउनुभयो । म केही दिनमा फर्केर लन्डन गए पनि यँहाको स्वास्थ्य केन्द्रलाई सम्झने छु । मैलै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने छु समय मिलेमा अर्को वर्ष पनि सेवादिन आउने उँहाले प्रतिवद्धता व्यक्त गर्नूभयो ।

Dr.Greg आफनो भ्रमणको कार्यक्रमा चारभञ्ज्याङ गाँउका विद्यालय खाल्टे, लामे , भंगरामा पुगेर विद्यार्थीहरुलाई पढाईमा ध्यान केन्द्रितका लागि चेस खेल खेलाउनु भएको थियो । चेस खेलले विद्यार्थीहरुको मनोविज्ञानमा सकारत्मक सोच आउने भएकाले सवै विद्यालयमा पुगेर चेस खेल खेलाएको उँहाले वताउनु भयो ।
चारभञ्ज्याङ तमु समाज यूकेको पहलमा पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा स्थापना भएको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रले नियमित निशूल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै हरेक वर्ष स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।










