निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज कल्याण श्रोत विकास केन्द्रको ३१औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न 


८ जेठ पर्वत।
पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले ३१औ स्थापना दिवसको अवसरमा सुक्रवार विबिध कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।
पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालय ठानामौलामा विद्यार्थीहरुलाई छात्रवृति वितरण तथा संस्थाका पूर्व अध्यक्ष स्व. नवराज रिजालको सम्झनामा स्मृति दिवस कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।

कार्यक्रमको सुभारम्भ गैर सरकारी संस्था महासंघ केन्द्रिय सचिव राजेन्द्र प्रसाद पौडेल र स्वा नवराज रिजालका पिता फणिनारायण रिजालले दिप प्रज्वलन गरेर गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख गै स स महासंघका केन्द्रिय सचिव राजेन्द्र प्रसाद पौडेलले संस्थाले स्थापना काल २०५३ देखी निरन्तर सामाजिक विकासका कार्य गर्दै आएको बताउदै संस्थाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्दै धन्यावाद व्यक्त गर्नुभयो ।
ग्रामिण क्षेत्रमा स्थापना भएर पनि पर्वत लगाएत विभिन्न जिल्लामा कार्यक्रम संचालन गर्दै आएको संस्थाले सवैलाई सामाजिक सेवा प्रती अग्रसर गराएको वताउनु भयो ।


कार्यक्रमकै अवसरमा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सदस्य शिव प्रसाद शर्माले गैरसरकारी संस्थाहरुले समाजमा खेलैको भुमिका चुनौती तथा समाज कल्याण श्रोत विकास केन्द्रले स्थापना काल देखी हाल सम्म संचालन गरेका कार्यक्रमहरु र उपलव्धिहरुको वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य दर्शनसिंह घले, फलेवास नगरपालिका ८ नं वडाका वडा अध्यक्ष मन वहादुर कुवंर, गुडनेवर्स इन्टरनेशनल नेपालका कलस्टर संयोजक रन्जीत कुमार चौधरी, गैसस महासंघ पर्वतका सचिव वलिनारायण रेग्मी , सोडेक नेपालका संस्थापक संयोजक मेघराज शर्मा , उपाध्यक्ष गोविन्द प्रसाद तिमिल्सिना लिमिठाना माविका प्रअ विजयराज पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष स्व .नवराज रिजालको सम्झनामा फोटोमा माल्यापर्ण गरिएको थियो भने स्व.रिजालले समाजमा पुर्याउनुभएको योगदानको वारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा संस्थाको केन्दिय कार्यालय परिसरमा ३ दर्जन फलफुलका विरुवाहरु वृक्षरोपण गरिएको थियो ।

कार्यक्रममा गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सोडेक नेपालले संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत उच्च शिक्षा अध्ययन गर्ने फलेवास ८ ठानामौला र ९ भंगराका २० जना विद्यार्थीहरुलाई ३००० का दरले छात्रवृती प्रदान गरिएको परियोजना अधिकृत रमेश प्रसाद रिजालले जानकारी दिनुभयो । सोही अवसरमा २० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको समेत रिजालले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव टंकलाल भुसाले गर्नूभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोविन्द प्रसाद शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img