जिल्लाको फलेवास नगरपालिकाले संचालन गरेको क्लिन फलेवास ग्रीन फलेवास अभियानको घरवगैचा कार्यक्रम अन्र्तगत फलेवासका ६ हजार कृषकपरिवार लाई तरकारीको विउ वितरण गरिएको छ ।
क्लिन फलेवास ग्रीन फलेवास अभियान फलेवासको समृद्धिका लागि संचालनमा रहेको र एक घर एक करेसावारीनिर्माण अभियानमा जुटुन् एकै साथ सवै घरपरिवारलाई विउ वितरण गरिएको नगरप्रमुख पदमपाणी शर्माले वताउनु भयो ।
अभियान अन्र्तगत सवै घरधुरीमा सुलभसौचालय निर्माण ,करेसावारी निर्माण गरि स्वच्छ र हरियाली फलेवासमा वनाउन नगरपालिका निरन्तरलागेको फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले वताउनु भयो ।

अभियान अन्तर्गत कृषकहरुलाई रायो ,मुला ,सलगम, धनिया ,पालुंगो गाजर लगाएतको विउ वितरण गरिएको छ । ताजा तरकारी उत्पादन गरि उपभोग गर्ने वानिको विकास गर्न समेत घरदैलोमानै पुगेर विउ वितरण गरिएको फलेवास नगरपालिकाका कृषी अधिकृत सन्तोष सुवेदीले वताउनु भयो । कृषकहरुलाई प्राविधिक ज्ञान चाहिएमा स्थानिय प्राविधिक वाट लिन सकिने समेत व्यवस्था गरिएको छ ।
कृषकहरुले विउको माग गरेकोमा हामिले थोरै भएपनि अभियान संचालन गरेका हौ तरकारीमा आत्मनिर्भरता गराउन र तरकारी खेतीको उत्पादन अभियानमा प्रोत्साहन गर्ने लक्ष्य रहेको क्लिन फलेवास ग्रीन फलेवास अभियानका संयोजक कमल घिमिरेले वताउनु भयो ।
यसै अभियान अन्तर्गत क्लिन हाउस ग्रिन हाउस ,घर वगैचा कार्यक्रम अन्तर्गत अघिल्लो वर्ष नगरपालिकाले ११ वटै वडामा ४०० वटा प्लाष्टिक टेनल समेत वितरण गरेको छ । कृषकहरुको आवश्यकता र चाहना अनुसार ताजा तरकारी उत्पादन कार्यक्रमलाई यस अभियानले पुन संचालन गर्ने नगरले जनाएको छ ।








