१८ मंसिर २०७८ पर्वत
पर्वतमा क्रियाशिल गैर सरकारी संस्थाहरुको भेला आज कुश्ममा सम्पन्न भएको छ । भेलामा पर्वत जिल्लामा स्थापनाभै विभिन्न सामाजिक अभियान संचालन गर्दै आएका संस्थाहरुले संचालन गरेका कार्यक्रमहरुको समिक्षा तथा समुदायस्तरमा गैससले खेलेको भुमिकाको वारेमा अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रमा गैससहरुको भुमिका तथा वर्तमान अवस्थामा नागरिक समाजले खेल्नु पर्ने भुमिकाको वारेमा संस्थाका निवर्तमान अध्यक्ष शिव प्रसाद शर्माले सहजिकरण गर्नुभएको थियो ।
पर्वतमा ३हजार भन्दा वढि गैससहरु दर्ता भए पनी हाल ११५ वटा गैरसरकारी संस्थाहरु नियमित नविकरण भै क्रियाशिल रहेका छन् । भेलाले गैसस महासंघ नेपालले आयोजना गरेको २७औ राष्ट्रिय साधारण सभा तथा राष्ट्रिय नागरिक सम्मेलनमा पर्वतवाट सहभागिताका लागि सर्वसम्मत नामवली छनौट गरेको छ ।
भेलामा वौल्दै गैसस महासंघका केन्द्रिय सचिव देवीप्रसाद तिमिल्सिनाले पर्वतमा स्थापना काल देखीनै गैससहरुले समाजको विकासका लागि अग्रपन्थीमा रहेर काम गर्दै आएको वताउदै निरन्तर नागरिक हकअधिकार र सामाजिक विकासमा लाग्नु पर्ने जोड दिनुभयो । कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेशका सचिव राजेन्द्र प्रसाद पौडेल , गैसस महासंघका पुर्व अध्यक्ष गोविन्द पहाडि लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलामा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी नागरिक समाजका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष रमेश प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासंघका सचिव कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य शाखाका उपाध्याक्ष जगन्नाथ पौडेलले गर्नूभएको थियो ।









