१८ कार्तिक २०७८/ चारभन्ज्याङ क्षेत्रको विकास र समृद्धिका लागि सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सुक्रवार पोखरामा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख पदामपाणी शर्माले चारभन्ज्याङ तमुसमाज पोखरा तथा पर्वत चार भन्ज्याङ सेवा केन्द्रले फलेवासका विभिन्न वडामा संचालन गरेका कार्यक्रमहरु फलेवास वासीको हितमा रहेको वताउदै आयोजक संस्थालाई धन्यवाद दिनुभयो । संस्थाको पहलमा फलेवास ८ मा संचालनमा रहेको टेलिमेडिसिन सेवाले स्थानिय स्थरमा विपन्न समुदायलाई प्रतक्ष सेवा पुगेको वताउदै निकट भविष्यमा टेलिमेडिसिन सेवा संचालनका लागि नगरपालिका वाट समेत आवश्यक सहयोग गर्नेे नगर प्रमुख शर्माले वताउनु भयो ।
पर्वत जिल्ला फलेवास नगरपालिका का वडानं ८ र ९ र महाशिला ६ मा स्थायी घर भै हाल पोखरा तथा विदेशमा रहेका गूरुङ समुदायहरुले आफ्नो गाउको विकास र समृद्धिका लागि चार भन्ज्याङ तमु समाज मार्फत विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै आएका छन् । समुदाय स्तरमा अन्य जातीहरुको समेत सहभागितामा पर्वत चार भन्ज्याङ सेवा केन्द्र संस्था मार्फत विभिन्न कार्यमहरु संचालन भएका छन् ।
संस्थाले पर्वतका साविक गाविस कुर्घाको लामे, फलामखानीको दाद्रा ,भंगरा र ठानामौला गाँउ र मूलावारी खेवाङ गाउलाई चारभन्ज्याङ गाँउ नामकरण गरि विभिन्न समाजिक विकासका कार्यक्रमहरु संचालन गर्दै आएको र मुख्यगरि स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग पुर्याएको चार भन्ज्याङ समाज यूकेनेपाल कोअर्डिनेटर क्या देउ वहादुर गूरुङले वताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा फलेवास नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मन वहादुर कुवंर , गैसस महासंघका नेपालका सचिव देवीप्रसाद तिमिल्सिना, यूके नेपाल कोअर्डीनेटर क्या देउ वहादुर गूरुङ तमूधी नेपालका अध्यक्ष होम गूरुङ, चार भन्ज्याङ आमा समुह यूकेका निवर्तमान अध्यक्ष शान्ती गूरुङ, समाज सेवी तथा वुद्धिजिवी डा. योगेन्द्रराज रिजाल , पर्वत चार भन्ज्याङ सेवा केन्द्रका अध्यक्ष डम्मर व गूरुङ, आमा समुह अध्यक्ष डम्मर कुमारी गूरुङ , टेलिमेडिसिनका स्वास्थ्य इन्चार्ज प्राथाना पून लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमूख अतिथी पदमपाणी शर्मा लगाएत अतिथीहरुलाई फूलमालाका साथ स्वागत गर्दै भांग्रो ओडाएर सम्मान गरिएको थियो भने प्रमूख अतिथी शर्मा लाई तमु समाजका अध्यक्ष प्रदिप कु गूरुङले मायाको चिनो प्रदान गर्नूभएको थियो । अन्तरक्रिया कार्यक्रममा फलेवास नगपालिका , चारभन्ज्याङ समाज यूके , चारभन्ज्याङ तमु समाज पोखरा , तमूधी नेपाल , पर्वत चार भन्ज्याङ सेवा केन्द्र ,आमा समुहलगाएत अन्य सामाजिक संघ संस्था का प्रमुख तथा प्रतिनिधहिरुको सहभागिता रहेको थियो ।
संस्थाले फलेवास ८ ठानामौलामा संचालन गरेको टेलिमेडिसिनसेवा जिल्लाकै एक मात्र स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग गर्दै वेलायतमा रहेको स्विन्फिन च्यारिटियवल ट्रष्ट संग समन्वयगरि स्वास्थ्य सेवा संचालन गरिरएको छ । टेलिमेडिसियनमा हालसम्म १६८ विरामीले विदेशी डक्टरहरुबाट परामर्शसेवा पाएका छन् ।
चारभन्ज्याङ तमुसमाज पोखराका अध्यक्ष प्रदिप कुमार गूरुङको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन तमु समाजका सचिव माओत्सेतुङ गूरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य पर्वत चार भन्ज्याङ सेवा केन्द्रका सचिव डिल व विकले राख्नु भएको थियो ।
सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025









