निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मालढुङ्गा वेनी सडक पहिरोका कारण अवरुद्ध

२०७९ असार २५

पर्वत / पर्वतको मालढुङ्गादेखि म्याग्दीको वेनी जोड्ने मालढुङ्गा–बेनी सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।हिजो बेलुकादेखि निरन्तर वर्षा भैरहेको र ठाउठाउमा पहिरो खस्दा यातायात सेवा बन्द भएको हो ।

मालढुङ्गा–बेनी सडक अन्तर्गत मालढुङ्गा नजिकै माथीवाट पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । अवरुद्ध सडक खुलाउन डोजर र टिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उहाँको भनाइ छ ।सडक बन्द हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका गाडी खनियाँघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट ती जिल्लाका लागि आएका गाडी मालढुङ्गामा रोकिएका छन् । कतिपय गाडी बाग्लुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img