श्रावण १९ , पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले कालीगण्डकी नदीमा अवैध उत्खनन् गर्ने स्काभेटर लगाएतका सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले ३ स्काभेटर, १ डोजर र १ वटा ट्याक्टरलाई नियन्णमा लिएर सिल गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए ।

। प्रहरीका अनुसार जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, सशस्त्र प्रहरी उपरिक्षक नरेन्द्र बम तथा प्रहरी प्रमुख बुढाथोकी सहितको टोलीले अनुगमन तथा निरिक्षण गर्ने क्रममा नदीमा अवैध उत्खनन् गर्ने कार्यमा प्रयोग गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

। कालिगण्डकीमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन् भइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत, वाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानबाट उक्त सवारी साधनहरु नियन्त्रणमा लिएको हो ।








