निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको जलजलामा बिद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु ,दर्जनौ घाईते


पर्वतको जलजलामा बिद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने , दर्जनौ घाईते भएका छन् ।

बिद्युत सट भई आगलागी हुँदा जलजला गाउँपालिका–७ धाईरिङ धारापानी निवासी ५० वर्षीय सिता केसीको मृत्यू भएको हो । एका विहानै विद्युत नाइनमा समस्या आउदा धारापानीका दर्जनौ घरका मिटरवक्स पड्किएका छन् भने ,दर्जनौ घाईते भएका छन ।
विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर जाँदा बस्ती भरीका झण्डै २ सय घरहरुका मिटर बक्समा आगलागी भएको वडा अध्यक्ष टुंकनाथ आचार्य जानकारी दिनुभयो ।

बिद्युत सट भई आगलागी हुदा गाउँमा पशु चौपायहरु समेत मरेका छन् । घटना स्थलमा पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले घटनाको पुष्टि गर्दै विद्युत लाइनको समस्याका कारण गाउँमा ठूलो क्षति भएको बताए ।

घटनाको सम्पुर्ण विवरण आउन भने वाकी रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img