२४ श्रावण , पर्वत
प्रतिनिधीसभाको वैठकमा सांसद पदमगिरीले पर्वतको जलजलामा सोमवार विद्युत सट भै मानविय घटना भएको विषमा वोल्दै क्षतीपुर्तीको माग गरेका छन् ।
आज वसेको प्रतिनिधीसभाको वैठकमा सांसद गिरीले विद्युत प्राधिरकणको लापावाहीका कारण ११ केपिए प्रसारण गाउमा पस्दा ठुलो क्षती पुगको वताउदै मृतक परिवार तथा घाइतेहरुलाई क्षतीपुर्तीको माग गरेका छन् ।
गिरिले मृतक परिवारका सदस्यलाई रोजगारको व्यवस्थ गनूपर्ने तथा भौतिक क्षतीपुर्तीको व्यवस्थ गर्न समेत माग गरेका हुन् ।
जलजला गाउपालिका ७ धाइरिङमा विद्युत प्राधिकरणको लापारवाहीका कारण लाइन सट हुदा स्थानिय सिता केसीको मृत्यू भएको थियो भने करिव दर्जन व्याक्ति घाइते भएका थिए ।
विद्युत तारमा वढी भोल्टेज प्रवाह हुदा सयौ घरका मिटरवक्स जल्नुका साथै पशुचौपाया समेत जलेर नष्ट भएका थिए ।
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026








