३१ आश्विन /
पर्वतमा ६७ औं प्रहरी दिवस एक कार्यक्रमका विच सम्पन भएको छ । “अपेक्षा फलको छैन सदा कर्तत्य चिन्तन ,अहुती प्राणको दिने तिमीमा अभिनन्दन ” भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा ६७ औ प्रहरी दिवस मनाइको हो ।
प्रहरी दिसको अवसरमा अमर प्रहरीहरुको सम्झनामा श्रद्वाञ्जली कार्यक्रम समेत आयोजना गरि सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा विभिन्न खेलकुद डवल व्याडमिन्टन, टेवलटेनिक्स खेलमा प्रथम द्धितिय र तृतियहुने प्रहरीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा अयोजना भएको मुल समारोहमा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा ,सुरक्षा निकायका प्रमुखहरु तथा विभिन्न कार्यालयका प्रमुखहरुले प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्प अर्पण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने नेपाल प्रहरीहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, मानवअधिकारकर्मी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेलेको अध्यक्षतामा सम्पन उक्त कार्याक्रमको संचालन प्रहरी नायव निरिक्षक मोहन वहादुर खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रहरी निरिक्षक प्रकाश राहुतले गर्नुभएको थियो ।








