निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा शिक्षकवाटै निर्वाचन आचारसंहिता उल्लङ्घन ,स्पष्टिकरण माग

३१ असोज पर्वत
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै पर्वतका एक जना शिक्षकलाई स्पष्टिकरण माग गरिएको छ ।

पर्वतको फलेवास नगरपालिका वडा नं ४ बाल प्राथमिक विद्यालयका प्रधानध्यापक छविलाल तिवारीलाई स्पष्टिकरण सोधेको छ ।

आइतवार मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठको संयोजकत्वमा बसेको जिल्ला आचार संहिता अनुगमन समितिको बैठकले उजुरीका आधारमा छानबिन गर्दा निर्वाचन आचारसंहिता २०७९ को दफा १० को खण्ड ज विपरित सामाजिक सञ्चालमा कुनै राजनीतिक दलका उम्मेदवारको पक्ष विपक्ष लिई फेसबुक मार्फत भोट मागेको भन्दै २४ घण्टा भित्र स्पष्टिकरण दिन माग गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा असोज ३० गते जारी विज्ञप्तिमा निर्वाचन आचार संहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कार्बाही प्रक्रिया अगाडि बढाउने गरी स्पष्टिकरण माग गरिएको उल्लेख छ ।
कार्यालयले सोही विज्ञप्ति मार्फत कोही कसैले पनि आचारसंहिता विपरितका गतिविधि नगर्न र नदोहोराउन समेत आग्रह गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img