निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

नेकपा एमालेको घरदैलो अभियान कार्कीनेटा र थापाठानामा सम्पन्न, पर्वतको समृद्धका लागि एमालेलाई जिताउ गिरी

कार्तीक २४

/पर्वत/
नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियान फलेवासको कार्कीनेटा र थापाठानामा सम्पन्न भएको छ । प्रतिनिधी सभाका उम्मेदवार पदम गिरी तेसै गरि प्रदेश सभा ख का उम्मेदवार मित्रलाल वस्याल सहितको टोलि कार्कीनेटा र थापाठानामा टोल टोलमा पुगेर मतदाता संग भेटघाट गरेका हुन् । मतदाताको घरदैलोमा उम्ममेदवार पुग्दा मतदाताहरु उत्साहित भएका छन् ।

प्रतिनिधी सभामा उम्मेदवार पदम गिरिले अघिल्ल्लो कार्याकालमा पर्वतको विकासका लागि दिनरात नभनी खटेको वताउदै पर्वतमा खानेपानी , विद्युत , सडक शैक्षिक क्षेत्रको विकासका लागि भौतिक पुर्वधार निर्माणका कामहरुले गति लिएको र अपूराकामहरु पुरा गर्न र समृद्ध पर्वत वनाउने सपना पुरा गर्न आफ्नो उम्मेदवारी रहेको उहाले वताउनुभयो । विकास र समृद्धका लागि एमालेको विकल्प नभएको वताउदै समृद्ध पर्वतका लागि पुन एमालेलाई जिताउन गिरिले अनुरोध गर्नुभयो ।

तेसैगरि प्रदेश सभा ख का उम्मेदवार मित्रलाल वस्यालले प्रदेश ख को विकासका लागि आफ्नो उम्मेदवारी अवसरको रुपमा आएको वताउदै निर्वाचन क्षेत्रको विकासमा आफु निरन्तर लाग्ने र निर्वाचन क्षेत्रमा सडक , खानेपानी , स्वास्थ्य , शिक्षालाई पहिलो प्राथामिकतामा राखेर विकास गर्ने वताउनु भयो । आफनो उम्मेदवारीले मतदाताहरु उत्साहित भएको समेत उहाले वताउनु भयो।

नेकपा एमाले जिल्ला इन्चार्ज कल्पना चापागाई, निर्वाचन परिचालन कमिटीका संयोग पदमपाणी शर्मा ,समानुपातिक उम्मेदवार केशा परियार लगाएतको टोली यती वेला चुनावी प्रचार प्रसारको अभियानमा जनताको घर दैलोमा पुगेर मतदाताहरु संग भेटघाट कार्यक्रम गर्दै कोण सभा आयोजना गरिएको नेकपा एमाले फलेवासका अध्यक्ष देवी प्रसाद तिमिल्सिनाले वताउनु भएको छ ।


प्रचार प्रसार अभियान अन्र्तगत २५ गते फलेवास ३ शंकरपोखरीमा भेटघाट तथा कोण सभा कार्यक्रम आयोजना गरिएको उहाले जानकारी दिनु भयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img