निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

निर्वाचन पर्यवेक्षकहरुका लागी अभिमुिखकरण कार्यक्रम सम्पन्न


कार्तीक २६ पर्वत /
मंसिर ४ गतेहुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
धौलागिरि अन्र्तगत पर्वत, वाग्लुङ र म्याग्दीका इन्सेक पर्यवेक्षकहरुलाई शनिवार वागलुङमा अभिमुखिकरण सम्पन्न भएको होे । प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशभर करिव ८०० इन्सेक पर्यवेक्षक रहेका छन भने गण्डकी प्रदेशमा ७६ जना रहेकोमा धौलागिरीमा २१ जना पर्यवेक्षक निर्वाचनमा खटिने अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पोखराका प्रमुख शिव खकुरेलले जानकारी दिनुभएको छ ।
निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेकोले सवैलाई जिम्मेवारीका साथ लाग्न इन्सेकले अपिल गरेको छ । तेसै गरि प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा पर्यवेक्षकहरुले स्वतन्त्र रुपमा मतदान स्थलमा पुगेर जिम्मेवारीका साथ खटिन पनि इन्सेकले अनुरोध गरेको छ ।

इन्सेक पर्यवेक्षकहरु

निर्वाचनभै रहेको समयमा हुने गतीविधीहरुलाइ जस्ताको तस्तै रिपोटिङ गर्न र ताजा जानकारीका लागि पर्यवेक्षकहरुको भुमिका रहने छ । पर्यवेक्षक हरुले मतदान स्थलमा हुने घटनाहरु लाई जिल्ला इन्सेक प्रतिनिधी मार्फत जानकारी गराउने छन । विगतका निर्वाचनमा इन्सेकले गरेका कामहरु तथा निर्वाचन आयोगलाई दिएका सुझावहरु हाल कार्यन्वयन भई यस पटकको निर्वाचन प्रचार प्रणालिमा थप सुधार आएको इन्सेकको दावि रहेको छ ।

निर्वाचनको मिती केही दिन मात्र वाकी रहदा देशका विभिन्न जिल्लामा पुगेर निर्वाचनको तयारीको विषयमा सरोकारवालाहरु संग छलफल तथा भेटघाट गर्ने कार्यक्रमभै रहेको र सुक्रवार पर्वत र वाग्लुङका निर्वाचन कार्यालय , तथा अन्य सरोकार वालाहरु संग भेटघाट गरि छलफल गरेको इन्सेक पोखराले जानकारी दिएको छ ।
इन्सेकले भेटघाटकै क्रममा पर्वत जिल्ला कारगारमा रहेको अस्थाई मतदान केन्द्र तथा जेलर संग भेटघाट गरि कैदी वन्दीको मतअधिकारको वारेमा समेत जानकारी लिएको छ ।
शनिवार वागलुङमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा इन्सेक पोखराका प्रमुख शिव खकुरेल र कार्यक्रम अधिकृत सवनम शर्माले सहजिकरण गनूभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img