पर्वत/
पर्वतमा माघ ११ देखी २१ सम्म आयोजना गरिएको गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौ पर्वत महोत्सव तयारी तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच अन्तरक्रिया कार्याक्रम वुधवार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले महोत्सवमा राखीने स्टलमा स्थानियहरुलाई विषेश छुट गर्नुपर्ने माग राखेका छन् । पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यावसाय चलयमान हुन नसेको अवस्थामा पर्वत महोत्सवले स्थानिय व्यवसायीहरुको माग लाई सम्वोधन गर्नुपर्ने र स्टलमा वाह्रया व्यापारि भन्दा छुट दिनुपर्ने माग रखोका हुन् । अन्तरक्रिया कार्यक्रममा राखेका मागहरु सकारत्मक रहेका र सो विषयलाई आयोजकले संघको वैठमा पेश गरेर निर्णय गर्ने उद्योग वायिाज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले जानकारी दिनुभयो । अन्तरक्रिया कार्याक्रममा वौल्दै कृषी ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले स्थानिय कृषकहरुले उत्पाद गरेका कृषी जन्य वस्तुहरुको वजारिकरणमा महोत्सवले सहयोग गर्ने भएकोले कृषकहरुलाई आफुले उत्पादन गरेको वस्तुहरु प्रद्र्धशनी गर्न कार्यालय वाट समेत पहल गर्ने वताउनु भयो । तेसै गरि पर्यटन तथा उद्योग कार्यालय पर्वतकी प्रमखु मुना अधिकारीले घरेलू तथा साना व्यवसायीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी तथा विक्रीले महोत्सवमा महत्वपुर्ण भुमिका खेल्ने भएकोले उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई प्राथामिकता दिनुपर्ने वताउनु भयो ।
“समृद्ध पर्वत हाम्रो चाहाना ” भन्ने मुल नाराका साथ आयोजन गर्न लागिएको महोत्सवले पर्वत जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ ।
पर्वत उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा करिव २५० वटा स्टल रहने र पाच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको पर्वत उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा विश्वकै अग्लो वन्जीजम्प ,जिपलाइन कालिगण्डकी नदीमा र्याप्टिङ, लामाझोलुङ्गेपुल अवलोकन गुग्तेश्वर गुफा, अलेपेश्वर गुफा अवलोकन, आकर्षक रहेने छन् भने स्थानिय घरेलू उत्पादको विक्री तथा औधोगिक प्रदर्शनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुको प्रदर्शनी, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी रहने छन् ।
हरेक दिन राष्ट्रिय कलाकारहरुको सांगितीक प्रस्तुती, वाल उद्यान , दोहोरी गित प्रस्तुती, भजन प्रतियोगिता , गण्डकी प्रदेश स्तरिय भलिवल प्रतियोगिता खूल्ला दौड प्रतियोगिता लगाएतका आर्षक प्रस्तुतीहरु रहेने छन् ।
महोत्सव अवलोकनका लागि सामान्य टिकट दर १०० रुपैया रहेको छ भने विद्यार्थीका लागि ४० प्रतिशत छुट उद्योग वाणिज्य संघका आजिवन सदस्यहरु आपाङ्ग, र ७० वर्ष भन्दा माथिका बृद्धहरुका लागि निशूल्क टिकट व्यवस्था हुने महोत्सवका आर्थिक संयोजक ठाकुर वि पौडेलले जानकारी दिनु भयो । महोत्सव सफल वनाउन प्रचार प्रसार तिव्र पारिएको छ ।








