पर्वत/
आठौ राष्ट्रिय योग दिवसको अवसरमा पर्वतमा योग शिविर आयोजना गरिने भएको छ ।
स्वस्थ्य कार्यालय पर्वत, कुश्मा नगरपालिका र जिल्ला आयूवेर्दिक कार्यालय पर्वतको आयोजना मा योग शिविर आयोजन गर्न लागिएको स्वस्थ्य कार्यालय पर्वतका नि प्रमुख शन्तोष पौडेलले जानकारी दिनु भएको छ ।
आठौ राष्ट्रिय योग दिवसको अवसरमा २०७९माघ १ गते वृहत ¥याली आयोजना गरि योग प्रशिक्षण गरिने र माघको पहिलो हप्ता वाट १२ दिने निशुल्क योग अभ्यास शिविर आयोजना गरिने उँहाले जानकारी दिनु भयो ।
पछिल्लो समय नसर्ने रोगका विरामीहरु वढ्दै गएको र रोगको कारणले अकाल मृत्युको दर बढिरहेको सन्दर्भमा योग जीवन शैली व्यवस्थापलको माध्यमबाट यस्ता समस्याहरुको न्यूनीकरण गर्न सकिने हुनाले शिविर आयोजना गर्न लागिएको कार्यालय ले जनाएको छ । स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले दिएको जानकारी अनुसार पतञ्जली योग प्रशिक्षण केन्द्रको समन्वयमा प्रशिक्षक उपलब्ध गराएर तीन महिना सम्म योग शिविर सञ्चालन गर्न लागिएको हो । उक्त शिविर ब्रम्हाकुमारी राजयोग प्रशिक्षण केन्द्र पर्वतको हलमा सञ्चालन गर्ने तयारी गरिएको पौडेलले बताउनुभयो ।









