निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सोडेक नेपालको २८औ स्थापना दिवसको अवसरमा बिविध कार्यक्रम सम्पन्न

६ जेष्ठ पर्वत /
पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडक नेपालले २८औ स्थापना दिवसकोे अवसरमा आज विबिध कार्यक्रम सम्पन्न गरेको छ ।
पर्वतको फलेवास ८मा स्थापनाभै विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको संस्थाले स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालय ठानामौलामा विद्यार्थीहरुलाई छात्रवृति वितरण ,स्वास्थ्य परिक्षण तथा संस्थाका पूर्व अध्यक्ष स्व. नवराज रिजालको सम्झनामा स्मृति दिवस कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले संस्थाले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्दै धन्यावाद व्यक्त गर्नुभयो । ग्रामिण क्षेत्रमा स्थापना भएर पनि पर्वत लगाएत विभिन्न जिल्लामा कार्यक्रम संचालन गर्दै आएको संस्थाले सवैलाई सामाजिक सेवा प्रती अग्रसर गराएको वताउनु भयो ।
उँहाले फरक प्रसंग जोड्दै जनप्रतिनिधीहरुले जनतासंग गरेका वाचा अनुसारा काम गर्नुपर्ने समेत जोड दिनु भयो । अहिलेको अवस्थामा हरेक नागरिकहरुको शैक्षिक स्तर वृद्धि भएको र हरेकले जनप्रतिनिधीका कार्यहरु माथी प्रश्न उठाउन सक्ने भएकोले राज्यको निति नियममा रहेर जनताको आवश्यकता अनुसार काम गर्नुपर्ने वताउनु भयो ।
कार्यक्रममा फलेवास नगरपालिका का उप प्रमुख शोभा कुमारी क्षेत्रीले संस्थाले लामो समयदेखी विपन्न समुदाय तथा महिलाहरुको जिविकोपार्जमा सहयोग पुग्ने किसिमका कार्यक्रम संचालन गर्दै आएको वताउदै संस्थाका कार्यक्रमहरुमा आवश्यकता अनुसार सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष स्वा. नवराज रिजालको सम्झनामा संस्थाको पहलमा स्थापना भएको शिशूकल्याण प्रा.विका १३ जना विद्यार्थिहरुलाई शैक्षिक सामाग्री पोषक वितरण गरिएको छ । कार्यक्रममा सोडेक नेपालका उपाध्यक्ष गोविन्द प्रसाद शर्माले स्वा. नवराज रिजालको जिवनीको वारेमा वताउनु भएको थियो ।

तेसै गरि गुडनेवर्स इन्टरनेशलन नेपालको सहयोगमा सोडेक नेपालले संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजना अन्र्तगत उच्च शिक्षा अध्ययन गर्ने ३७ जना विद्यार्थीहरुलाई ३ हजारका दरले छात्रवृती प्रदान गर्नुका साथै उनिहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छ ।
स्थापना दिवसमा फलेवास ८ का वडाअध्यक्ष मन वहादुर कुंवर तेसैगरि फलेवास ७ का वडा अध्यक्ष केशर पन्त शैक्षिक व्यक्तित्व शारदा कुमारी शर्मा गणेश प्रसाद तिवारीले लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुचना अधिकारी रमेश प्रसाद रिजालले गर्नूभएको थियो भने स्वागत मन्तव्य सृजनशिल वहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद तिवारीले राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img