जेष्ठ १०
पर्वतको फलेवास ८ ठानामौलामा रहेको तिनधारे प्राविका विद्यार्थीहरुलाई समाज सेवी क्या.देउ व गूरुङले शैक्षिक सामाग्री सहयोग गर्नू भएको छ । फलेवास ८ ठानामौला घर भै हाल काठमाडौ वस्दै आउनुभएका गूरुङले विद्यालयमा अध्ययनरत ३५ जना विद्याथीहरुलाई विद्यालय पोषक सट ,पाइन्ट, सुइटर ,जुत्ता लगाएतका सामाग्री सहयोग गर्नूभएको विद्यालयका प्रअ अमृत रेग्मीले जानकारी दिनु भयो ।
विद्यार्थीहरुको पढाई प्रती आकर्षण गर्न सवैलाई शैक्षिक सामाग्री उपलब्ध गराएको क्या. देउ व गूरुङले वताउनु भयो । पछिल्लो समय सरकारी विद्यालयमा पढ्नेको संख्या घट्दै गएको अवस्थामा सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री लगाएतका सामाग्री सहयोग गर्दा उनिहरुलाई हौषला वढ्ने भएका कारण सवैले सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै शैक्षिक गुस्तरमा वृद्धी गर्नूपर्ने उहाले वताउनुभयो ।
शैक्षिक सामाग्री वितरणकै क्रममा विद्यालयमा रहेको टेकनसिंङ अक्षय कोष र वटुक व अक्षयकोषको व्याज वाट सवै विद्यार्थीहरुलाई छात्रवृति समेत वितरण गरिएको छ ।

कार्यक्रम फलेवास ८ का वडा अध्यक्ष मन वहादुर कुवंर , चार भन्ज्याङ आमा समुह यूके पुर्व अध्यक्ष शान्ती गुरुङ स्थानिय समाजसेवी डोल कुमार कुवंर , लगाएतले मन्तव्य राख्नुभएको थियो भने स्विजरल्याणका नागरिक प्रोफेसर फिलिपो र उहाकी श्रीमती फ्रान्सिक्का को समेत उपस्थिती रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम व कुवंरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालायका प्रअ अमृत प्रसाद रेग्मीले गर्नूभएको थियो भने स्वागत मन्तव्य सह शिक्षिका यमुना पन्तले थियो ।








