निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

वातावरण तथा पर्यावरण संरक्षण अभियानमा चारभन्ज्याङ सेवा केन्द्र


जेठ १० पर्वत/
रोशन तिवारी/
कुनै बेला लमाएखोलामा र वरिपरिका खोल्सामा ठूलाठूला दह थिए । खोलाको दहमा पौडिनेहरुको भीड हुन्थ्यो । स्थानीय जातका माछा खोलामा पाईन्थे । बनजंगल हरियाली थियो । बन्यजन्तु बनमै भुल्थे, बस्तीमा पस्दैनथे । मौसम अनुसार वर्षा र टलक्क घाम लाग्थ्यो । तर अहिले मानविय त्रुटीका कारण यि सबै कुरामा परिवर्तन भएको छ । खोलामा दह पुरिएको छ । माछा लोप भए । बनजंगल मासिँदै गयो । जलवायूमा परिवर्तन भयो । यहि चिन्ताले सताएपछि स्थानीय सामाजिक संघसंस्था र स्थानीय सरकार वातावरण, पर्यावरण र जैविक विविधता फर्काउने योजनामा छ । चारभन्ज्याङ सेवा केन्द्रले पर्यावरण, जैविक विविधता र वातावरण संरक्षण अभियानमा जुटेको छ । संस्थाले यसै बारेमा मंगलबार फलेवास नगरपालिका ८ ठानामौलामा छलफल गरेको छ । संस्थाले अगाडी सारेको योजनाको बारेमा सरोकारवालाको बिचमा छलफल गर्दै मानवीय कारणले विगतको पर्यावरण, वातावारण र जैविक विविधता गुमेको निष्कर्षका साथ आगामी दिनमा संरक्षणको काममा लाग्न केन्द्रले आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ ।


चारभन्ज्याङ क्षेत्रमा पर्ने ठानामौला, लिमिठाना, फलामखानी, भंगाराका जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, बन उपभोक्ता समिति, वातावरण संरक्षण अभियान्ताका बिचमा उक्त छलफल भएको हो । वातावरण मासिँदा जलचर, वनस्पती र बन्यजन्तुको अस्तित्व संकटमा परेको हुनाले समयमै यिनीहरुको संरक्षणमा ध्यान दिनुपर्छ भन्ने मान्यताका साथ संस्थाले गुमेको जैविक विविधता फर्काउने प्रयास गर्ने चारभन्ज्याङ सेवा केन्द्र युके नेपालका कार्यक्रम संयोजक क्याप्टेन देउबहादुर गुरुङले बताउनुभयो । वातावरण, जैविक विविधता र पर्यावरण मानव जीवन संग जोडिएको हुनाले यसको संरक्षणमा केन्द्रले काम गर्न थालेको गुरुङले जानकारी दिनुभयो ।


यसको संरक्षणका लागि योजना बनाएर काम गर्न थालिएको गुरुङले जानकारी दिनुभयो । फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले जलवायू परिवर्तनको असर न्यूनिकरण साथै पर्यावारण संरक्षणको दायित्व स्थानीय सरकारको पनि दायित्व रहेको भन्दै संस्थाले चालेको अभियान नगरको पनि लक्षित कार्यक्रम भित्रकै कार्यक्रम रहेको बताउनुभयो ।े यो अभियान लाई सफल बनाउन नगरपालिकाले जुनसुकै सहयोग र साथ दिने तिवारीले बताउनुभयो । जलवायू, जैविक विविधता र वातावरण मानव जीवन संग जोडिएको भन्दै तिवारीले फलेवास नगरपालिका संग हातेमालो गरेर संस्थालाई काम गर्न आग्रह गर्नुभयो । चारभन्ज्याङ सेवा समाज यूके नेपालका संयोजक क्याप्टेन देउबहादुर गुरुङले गाउँ छोडेर बिदेशमा रहेपनि गाउँका बसोबास गरेका व्याक्ति र गाउँको विकासमा संधै ध्यान दिँदै आएको बताउनुभयो । वातावरण, जैविक विविधता, बनस्पति, जल र जमिनको संरक्षण भावि पुस्ताका लागि पनि जोगाईराख्नुपर्ने दायित्व रहेको बताउनुभयो ।


कार्यक्रममा फलेवास ८ ठानामौलाका वडाध्यक्ष मनबहादुर कुँवर, फलेवास ९ का वडाध्यक्ष हितमान गुरुङ, चारभन्ज्याङ सेवा केन्द्रका व्यवस्थापक रोशन गुरुङ, नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, जिल्ला समन्वय समितिका सदस्य दर्शन घले, फलेवास ६ देविस्थान प्रहरी चौकीका प्रतिनिधी ,स्थानीय समाजसेवी निलकुमार रिजाल, सामाजिक अभियान्ता मेघराज शर्मा, शिक्षक विकास सापकोटा, स्विटजरल्याण्डबाट आएका प्रोफेसर फिलिपोले यो क्षेत्रको विकासका लागि सहयोग गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन चारभन्ज्याङ सेवा केन्द्रका सचिव डिलबहादुर विकले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img