निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

वेलायतमा हुने नेपाली मेलामा चार भन्ज्याङ तमु समाजको सहभागिता रहने

२२ अगष्ट २०२३
लन्डन/
तमुधि यूकेको आयोजनामा २७ अगष्टमा वेलायतमा आयोजना हुन लागेको नेपाली मेलामा चारभन्ज्याङ तमु समाज यूकेले र्याली सहित सहभागिता जनाउने भएको छ । हरेक वर्ष आयोजना गरिने मेलामा सहभागिता जनाउदै आएको समाजले यस पटक पनि चारभन्ज्याङ गाँउको कला संस्कृति झल्किने गरि मेलामा सहभागिता जनाउन लागेको समाजका अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिनुभयो । नेपाली मेलाले नया पूस्तालाई आफ्नो समुदायको रितिरिवाज ,पराम्परा संस्कृतीको संरक्षण गर्न सहयोग पूग्ने भएकोले समाजले सक्रिय सहभागिता रहने गरि तयारी पूरा भएको गुरुङले वताउनु भयो ।


नेपाल वहुजातीय वहुसांस्कृतिक वहुभाषिक देश भएको र यँहा रहने नेपालिहरुले मेलामा प्रस्तुत गर्ने झांकी गित संगित र नृत्यले विदेशमा पनि नेपाली संस्कृति र सभ्यताको पहिचान दिलाउने समाजको भनाई रहेको छ ।
चारभन्ज्याङ तमु समाज यूकेले हरेक वर्ष झांकी सहित आफ्नो छुट्टै प्रस्तुती राख्दै आएकोमा यस पटक पनि आफ्नो गाँउको कला संस्कृति झल्कने गरि र्यालीको आयोजन गर्न लागेको समाजका महासचिव अमर गुरुङले जानकारी दिनुभयो ।
लन्डन स्थित नेपाली राजदुतावासको सहकार्यमा आयोजना हुन लागेको १४औ नेपाली मेलामा हजारौ नेपाली दाजुभाई दिदि वैनीहरुको सहभागिता रहने अनुमान गरिएको छ । यस वर्ष २९ टिमले सांस्कृतिक झांकी सहित मेलामा सहभागिता जनाउने मुख्य आयोजकले वताएका छन् । मेलामा नेपाली खाना भेषभुषा कला संस्कृती तथा हस्ताकलाका सामानहरु समेत रहने छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img