निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

आइ.एम.ई.लाईफ इन्स्योरेन्स कुश्माका उत्कृष्ट एजेन्सी मेनेजरहरुलाई सम्मान ।

पर्वत-आइ.एम. ई.लाईफ इन्स्योरेन्स कम्पनी लि. कुश्मा शाखाले ऐजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई सम्मान गरेको छ ।  आ.ब. २०७९/०८० मा उत्कृष्ट भएका ऐजेन्सी मेनेजरहरुलाई शाखाले सम्मान गरेको हो । सनिबार कुश्मा शाखामा विशेष कार्यक्रमको आयोजना गरि अवार्ड वितरणसँगै सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आइ.एम. ई.लाईफ इन्स्योरेन्स गण्डकी प्रदेशका प्रमुख कर्मराज पौडेलले सुरक्षीत भविष्य, बचत तथा जोखिम बहनका लागि जीवन बिमा अत्यन्त आवश्यक भएको बताउदै सबैले बिमा अनिवार्य गर्नुपर्ने बताउनुभयो । 

बिमा सम्बन्धि अन्योल हटाउन गाउँ गाउँमा जीवन बिमा सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उत्कृष्ट हुने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै आइ.एम. ई.लाईफ इन्स्योरेन्स धौलागिरी एरिया प्रमुख कृष्ण पौडेलले बिमा क्षेत्रमा काम गर्नु सेवा र धर्म भएको उल्लेख गर्दै यस क्षेत्रमा नाम,दाम र सम्मान रहेको बताउनुभयो । विभिन्न रोग तथा जोखिम बहन गर्न र उपयुक्त बचत गर्नका लागि बिमाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै सबैलाई बिमा गर्न अनुरोध गर्नुभयो ।

पौडेलले अवार्ड जित्ने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो व्यवसायलाई थप मजबुत गराउन अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै आई.एम.ई. लाइफ इन्स्योरेन्स कुश्मा शाखाका प्रमुख युवराज सिग्देलले उत्कृष्ट हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै  आफ्नो व्यवसाय प्रवर्द्धन र आर्थिक समृद्धिको लागि सक्रियतासाथ लाग्न एजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई आग्रह गर्नुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img