निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

जिल्ला प्रशासन कार्यालय पर्वतको त्रैइमासिक प्रगती सार्वजनिक

पर्वत/ जिल्ला प्रशासन कार्यालय पर्वतले गत ३ महिनाको त्रैइमासिक प्रगती सार्वजनिक गरेको छ । बुधबार पत्रकारहरुको उपस्थितिमा भएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले ३ महिनाको कार्य प्रगती सार्वजनिक गर्नुभएको हो ।

पुस मसान्तसम्म विपद्बाट क्षति भएकाहरुलाई संघ सरकार तथा प्रदेश सरकारबाट विपद् व्यवस्थापन कोषमा प्राप्त भएको रकममध्ये संघ सरकारबाट आठ घरपरिवारलाई चार लाख ६८ हजार रुपैयाँ र प्रदेश सरकारबाट सात घरपरिवारलाई चार लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ ।

प्रजिअ अनुसार गत कार्तिक, मङ्सिर र पुष महिनामा ७ सय ६३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् भने ८ जनाले गैर आवासिय नागरिकताको प्रमाणपत्र र ८ सय ४५ जनाले नेपाली नागरिकताको प्रतिलिपि निकालेका छन् ।

विद्युतीय राहदानीको लागि एक हजार सात सय आठ जनाले इनरोलमन्ट गरेकोमा एक हजार ४ सय ९१ जनाले राहदानी पाएका छन् ।९६ जनाका लागि दुर्त मार्गबाट राहदानी सिफारिस गरिएको छ ।

तीन महिनामा २ हजार एक सय ८२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएकोमा एक हजार ७७ जनाको परिचयपत्र वितरण गरिएको छ । यस्तै ७६ वटा नाबालक परिचयपत्र वितरण, १० वटा संस्था दर्ता, ५६ वटा संघसंस्थाको नबीकरण, भारतीय पेन्सन सम्बन्धी चार सय ८५ वटा सिफारिस र बिविध प्रकारका चार सय ३५ वटा सिफारिस दिइएको छ ।

छलफल कार्यक्रममा बिभिन्न कार्यालयका प्रमुखहरुले चालु आर्थिक वर्षको छ महिनामा भौतिक तथा वित्तिय प्रगतिको बारेमा जानकारी गराएका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img