निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मोती सामुदायिक पुस्तकालय महिला बचत तथा ऋण सहकारी सँस्थाको साधरण सभा सम्पन्न ।

रामचन्द्र भुसाल, २०८० माघ, ०६/

पर्वतको फलेवास नगरपालिका वडा नम्बर ५ खानिगाउँमा सञ्चालित मोती सामुदायिक पुस्तकालय महिला बचत तथा ऋण सहकारी सँस्थाको दशौँ बार्षिकोत्सव समारोह तथा छैटौँ साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच सहकारीमा आवद्ध विभिन्न पदाधिकारीहरुको उपस्थीतिमा पुस्तकालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उत्कृष्ठ वचतकर्ता, ईमान्दार ऋणि, तथा सहकारीको विभिन्न कामकारेबारमा सहयोग पु¥याउने शुशिला शर्मा लम्साल र ईन्द्र प्रसाद सापकोटालाई सम्मान गरीएको थियो । कार्यक्रममा खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछाने, पुस्तकालय सञ्चालन समितिका अध्यक्ष कृष्ण राज पौडेल, सदस्य पुर्ण प्रसाद शापकोटा, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष लामिछानेले महिला दिदिबहिनिहरुले सञ्चालन गरेको सहकारीले गाउँमा अप्ठ्यारो परेको वेला विभिन्न तवरबाट आर्थीक सहयोग भएको भन्दै खुसि व्यक्त गर्नुभयो । पछिल्लो समय सहकारीको नियमबाहिर रहेर सञ्चालन भएका कतिपय सहकारीहरु डुब्दै गएको कुरालाई केलाउँदै लामिछानेले निश्चित निति नियमभित्र रहेर सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलाले कमला कुमारी पौडेलको अध्यक्षतामा ११ सदस्यिय सञ्चालन समिति गठन गरेको छ । जसअन्र्तगत उपाध्यक्षमा रमा कुमारी पौडेल, कोषाध्यक्षमा सावित्री सपकोटा, सचिवमा सुशिला देवी शर्मा, उप सचिवमा सावित्रा क्षेत्री रहनुभएको छ भने सदस्यहरुमा जमुना पौडेल, अस्मिता क्षेत्री, स्यामला सापकोटा, सिता दर्जी, सुशिला जि.सि., लक्ष्मि शर्मा अधिकारी चयन हुनुभएको छ ।

यसैगरी आजको भेलाले दिना शर्माको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति, ईन्दिरा तिवारीको संयोजकत्वमा ३ सदस्यिय शिक्षा समिति, सुशिला लामिछानेको संयोजकत्वमा ३ सदस्यिय ऋण समिति गठन गरीएको छ ।

कार्यक्रममा लेखा समिति संयोजक दिना शर्माले गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमकोे सञ्चालन सहकारीको सचिव सुशिला शर्माले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img