निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको फलामखानीमा वडा कार्यालय बाटै सामाजिक सुरक्षाभत्ता वितरण , बृद्धबृद्धाहरुमा खुसीयाली


दिल सागर विसी पर्वत
७ पौष २०८० पर्वत/
पर्वतको महाशिला गाउँपालिका वडा नं.६ फलामखानीमा वडा कार्यालय वाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि समाजिक सुरक्षा भत्ता विारण गरिएको
वडा अध्यक्ष गोविन्द वहादुर विकले जानकारी दिनु भयो ।

वडा कार्यालय वाटै सामाजिक सुरक्षा भत्ता वुझ्न पाउदा स्थानिय वृद्धवृद्धाहरु खुसी भएका छन् । उमेरले ८१ वर्ष पुगेकी जुनाकी सुनारले आफ्नै वडावाट जेष्ठ नागरिक भत्ता वुझ्न पाउदा निकै खुसी भएको वताउनुभयो । उहाले वुढेसकालमा आफनै घरदैलोवाट सामाजिक सुरक्षा सेवा पाउदा हर्षित हुदै सवैलाई धन्यवाद दिनुभयो । कुनै दिन भत्ता वुझ्न कार्कीनेटा सम्म पुग्नु परेको र निकै कठिन भएको स्मरण गराउदै वडा कार्यालयले वृद्धवृद्धाहरुको निकै भलो गरेको छ सुनारले थप्नु भयो ।

जुनाकी सुनार जस्तै कैयौ वृद्धवृद्धाहरु पछिल्लो समय महाशिलाको लंखू वजारमा हिडिर सामाजिक भत्ता लिन जानुपर्ने अवस्थाको अन्त्य भएको छ । हिडेरै वैंक सम्म जानुपर्ने र लाइनमा वस्नु पर्ने झन्झट वाट वडा कार्यालयले मुक्त गराएको हो । महाशिला ६ फलामखानीले गरेको अन्य वडाहरुका लागि समेत उदाहरणिय भएको छ ।
वडाले राष्ट्रिय वाणिज्य वैंक लुंखुको समन्वयमा फलामखानीमा सामाजिक सुरक्षा भत्ता वितरण शिविरको आयोजना गरि भत्ता वितरण गरेको हो । वडाले आयोजना गरेको शिविर वाट करिव १६० जनाले भत्ता वुझेको अध्यक्ष गोविन्द वहादुर विकले जानकारी दिनु भयो ।

महाशिला ६ फलामखानीमा ७० वर्ष माथिाका जेष्ठ नागरिक १०५ जना ६० वर्ष काटेका जेष्ठ नागरिक दलित ४१ जना जेष्ठ नागरिक एकल महिला ७ जना ६० वर्ष भन्दा कम उमेरका विद्यवा १८ जना अपांगता ७ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् भने ५वर्ष मुनिका दलित वालवालिका ९०जनाले वालपोषण वापतको रकम उाने गरेको वडाकार्यालयको तथ्यांक रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img