निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको पैयुंमा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न ।

वैशाख २४ पर्वत ।
पर्वतको पैयुं गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम आज सम्पन्न भएको छ ।
“स्थानिय श्रोतको उपयोग ,स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता ” भन्ने नाराका साथ पैयुं गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

पैयुं गाउँपालिका खोप समन्वय समिति अध्यक्ष तथा पैयुं गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुहुदै आगामी दिनमा समेत पुर्णखोप सुनिश्चितता तथा दिगोपना कायम राख्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

गाउँपालिकामा १६ महिना देखी ५९ महिना सम्मका सवै बालबालिकाहरुको १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सवै खोप दिलाई पूर्णखोप सुनिश्चितता गरिएको हो ।
घोषण कार्यक्रममा वडा खोप समन्वय समितिका पदाधिकारी ,विद्यालयका प्रधानध्यापकहरु ,गाउपालिका अन्र्तगतका विषयगत शाखाक प्रमुख इलाका प्रशासन प्रमुख, स्वास्थ्य कर्मीहरु , महिला स्वास्थ्य संयम सेविका ,आमा समुह लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका प्रमुख देवी प्रसाद भुर्तेलले गर्नूभएको थियो भने कार्यक्रमको उद्देश्यको वारेमा स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाइजर निक्षिक एंव खोप फोकल पर्सन नारायणप्रसाद रेग्मीले जानकारी गराउनु भएको थियो ।


खोप समन्वय समिति अध्यक्ष तोरण मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धन्यावाद सहित अध्यक्ष वाट प्रमाणपत्र विरतण गरिएको थियो ।

पूर्ण खोप सुनिश्चितता र सुदृढीकरण नियमित खोप तथा सरसफाइ प्रवद्र्धन कार्यक्रम तथा स्थानीय तहमा महामारी रोकथाम तथा नियन्त्रण का लागि वैशाख महिनाको अन्त सम्म जिल्लाका स्थानिय तहरुलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img