वैशाख २० पर्वत ।
पर्वतमा नियमित खोपको सुदृढीकरण तथा खोपको सुक्ष्म योजना सम्वन्धि योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न पालिकाका वडाहरुमा खोप लगाउन छुटेका वालवालिकाहरुको पहिचान र छुटेका वालालिकाहरुलाई खोपको मात्र पुरा गरि पुर्ण खोप सुनिश्चिता तथा नियमित खोप र सरसफाई कार्यक्रम प्रवद्र्धनको लागि जिल्ला स्तरिय योजना तर्जमा गोष्ठि ३ चरणका सम्पन्न भएको छ ।
गोष्ठिमा कार्यक्रम सुदृढीकरणका लागि समिक्षा, अभिमुखीकरण तथा शुक्ष्म योजना अद्यावधिक र महामारी रोकथाम तथा नियन्त्रण एंव सर्भिलेन्स का लागि स्थानिय तहको योजना तयारी सम्बन्धी छलफल गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर निक्षिक एंव खोप फोकल पर्सन नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

वैशाख ११ र १२ गते मोदी गाउँपालिका सभाहलमा ,विहादी गाउँपालिका , पंयू गाउँपालिका र महाशिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, खोप संपर्क व्यक्ति तथा स्वास्थ्य संस्था प्रमुखका लागी आयोजना भएको कार्यक्रममा २७ जनाको सहभागिता रहेको थियो ।
तेसै गरि वैशाख १३ र १४ गते आयोजना भएको गोष्ठीमा कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख, खोप सम्पर्क व्यक्ति र स्वास्थ्य संस्था का प्रमुख गरि २८ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजिकरण स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेश पोखराका खोप अधिकृत एकनारायण लम्सालले गर्नुभएको थियो ।
तेस्रो चरणको कार्यक्रम वैशाख १९ र २० गते स्वास्थ्य कार्यालय पर्वतमा सम्पन्न भएको छ उक्त कार्यक्रममा मोदी गाउँपालिका र जलजला गाउँपालिकाका , स्वास्थ्य शाखाका प्रमुख, खोप सम्पर्क व्यक्ति र स्वास्थ्य संस्थाका प्रमुख गरि ३० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको सहजिकरण पोखरा महानगर पालिका खोप कार्यक्रमका फोकल पर्सन तेजखर लम्सालले गर्नुभएको थियो ।
पूर्ण खोप सुनिश्चितता र सुदृढीकरण नियमित खोप तथा सरसफाइ प्रवद्र्धन कार्यक्रम तथा स्थानीय तहमा महामारी रोकथाम तथा नियन्त्रण का लागि वैशाख महिनाको अन्त सम्म जिल्लाका सवै वडा तथा स्थानिय तहरुलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्ने योजना रहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।









