२५ वैशाख २०८१ ।
पूर्वधार विकास कार्यालय पर्वतको भौतिक प्रगती करिव ४५ प्रतिशत पुगेको छ ।
गण्डकी प्रदेश मातहत रहेको यस कार्यालयमा यस आवमा प्रदेश मातहतका १३४ योजना र संघिय सरकार अन्र्तगतका १८ वटा योजना गरि कुल १५२ वटा योजना रहेको कार्यालयका प्रमुख गूरुदत्त अधिकारीले जानकारी दिनुभयो ।
जस अन्र्तगत हाल सम्म ४४ वटा योजनाको भुत्तानी गरि सकिएको र केही योजनाहरु काम सम्पन्न भएकोमा भुत्तानी हुन वाकी रहेको कार्यालयले जनाएको छ । यस आ.व.मा मुख्य गरि ग्रामिण सडक कालोपत्रे , सडक पुल निर्माण र मर्मतका योजनाहरु रहेका छन् ।
मुख्य गरि यस वर्ष सडक निर्माण तर्फ ६ वटा ठुला योजनाहरु सम्पन्न गरेको र ७ वटा मर्मतका योजनाहरु सम्पन्न भएका छन् ।
कार्यालयको भौतिक प्रगतीमा यस वर्ष डिमुवा राम्जा चित्रे ५.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।
त्यसै गरि चिसापानी –हातेमालो चोक– त्रिवेणी –वाकीभञ्याङ –पोखराचौर सडक ८ किलोमटिर कालोपत्रे सम्पन्न भएको छ ।
यसरीनै सेरावेसी– मोहरिया– भुकताङ्गले सडक २ किलोमिटर , नुवारा –सहिदचोक –चुुचुन देउराली फलेवास ३ मा ५६० मिटर र वाझवारी –राम्चे चौतारा– शंकरपोखरी सडक ५०० मिटर कालोपत्रे सम्पन्न भएको छ ।
साठीमख –ठुलिपोखरी –देउपुर –देउराली –जोगीथुम २ किलोमिटर सडक कालोपत्रेका लागि अन्तिम तयारी भएको कार्यालयले जानकारी दिएको छ ।
पूर्वधार विकास कार्यलय वाट रतिखोला –दराक– चित्रे –राम्जा सडक ठेक्का प्रकृया अन्तिम चरणमा पूगी निर्माण कार्य शुरुहुने अवस्थामा पुगेको र अन्य ८ वटा सडक र सडक पूल ठेक्का प्रक्रियामा गैसकेको कार्यालयवाट जानकारी प्राप्त भएको छ ।
पूर्वधार विकास कार्यालय वाट यस वर्ष सन्तोषजनक निर्माण कार्य भैरहेको देखिएको छ ।








