पर्वत /पर्वतमा फेरी अर्को लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको सदरमुकाम कुश्मा बजार जोड्ने गरी पुलको निर्माण हुन लागको हो ।
ब्यवसायीक सञ्चालनमा रहेको कुश्मा बलेवा यान्त्रिक पुल नजिकै बागलुङ नगरपालिका–१४ नारायणस्थान र कुश्मा नगरपालिका–५ मा अवस्थित गुम्बा जोड्ने गरी कालीगण्डकी नदी माथि पुल निर्माण गर्न लागिएको छ ।
पुलको लम्बाई ४ सय ८५ मिटर रहेको छ । ६ करोड लागतमा निर्माण हुन लागेको झोलुङ्गे पुलको निर्माण कार्यले गति लिन लागेको बागलुङ नगरपालिका–१४ का वडा अध्यक्ष चक्रवहादुर खत्रीले जानकारी दिए ।
पुल निर्माणका लागि सम्भावता अध्ययन भैसकेको छ, बागलुङ र कुश्मा नगरपालिकाले स्वीकृती दिईसकेको छन्, वडा अध्यक्ष खत्रीले भने ,‘पुल निर्माणका लागि सरकारले पहिलो चरणअन्तर्गत विस्तृत सर्वेक्षण गरी लागत स्टिमेटको विवरण तयार गरिसकेको छ । उक्त पुललाई टेन्डर प्रक्रियामार्फत आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
यस अघि पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कुश्मा कैया झोलुंगे पुल १ दशक अघि निर्माण भईसकेको छ । पछिल्लो समय बञ्जीको पुलले समेत कुश्मा र बलेवा क्षेत्रलाई जोडीरहेको छ ।








