२०८१ जेष्ठ, १४ गते
कुश्मा, पर्वत ।
नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसका अवसरमा पर्वत सञ्चारकर्मीको स्वास्थ्य परिक्षणको साथ अन्तरक्रिया कार्यक्रम आइतवार पर्वत कुश्मा मा सम्पन्न भएको छ ।
“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विद्यमान अवस्था” विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले आँफूले पत्रकारिता गर्दा धेरै पिडाहरु भोगेको वताउदै समय र व्यवस्था परिवर्तन भएपनि पत्रकारहरुको पिडा र समस्यामा सुधार नआएको वताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनवाट वोल्दै प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले आँफू पर्वतमा रँहदा कुनै पनि अवस्थामा प्रेस स्वतन्त्रताको हनन नहुने कुरामा विश्वास्त रहन अनुरोध गर्नु भयो ।
कार्यक्रममा वोल्दै नेपाल प्रेस युनिएन पर्वतका संस्थापक एवम् नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश प्रसाईले देशमा जुनसुकै पाटीको सरकार होस, पत्रकारिता जगत सँधै स्थायी प्रतिपक्षको भुमिकामा रहने वताउनु भयो ।

प्रसाईले लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुनै पनि वहानामा अतिक्रमण हुनु हुँदैन भन्दै सत्य तथ्य समाचार सम्प्रेरण गरेको आधारमा कसैलाई धरपकड गर्ने, मुद्दाको सामना गर्नुपर्ने स्थिती हुन नहुनेमा जोड दिनु भयो । कानून भन्दा माथि पाटी, सरकार, पत्रकार वा अरु कोही हुन नसक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल प्रेस युनिएनका केन्द्रिय सदस्य मायाँ अधिकारी, नेपाली कांग्रेस पर्वतका उपसभापति चुडामणी शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, कुनपा ७ का वडा अध्यक्ष परशुराम गिरी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि।पौडेल, नेपाल मानव अधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश गिरी, प्रेस सेन्टर पर्वतका जिल्ला अध्यक्ष निर्मल पौडेल लगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विद्यमान अवस्थाको वारेमा मन्तव्य राख्नु भएको थियो ।
स्वास्थ्य परिक्षण टिममा संलग्न डाक्टर सनम ढकालका अनुसार कार्यक्रममा ३९ जना सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरिएको छ ।
नेपाल प्रेस युनिएन पर्वत शाखाका अध्यक्ष एवम् रेडियो समृद्ध नेपालका स्टेशन म्यानेजर उत्तम प्रसाद अधिकारीको अध्यक्षता, उपाध्यक्ष विष्णु गौतमको स्वागतमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन युनिएनका सचिव समुनजंग थापाले गर्नु भएको थियो ।








