काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ ।
चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
विमान पुरै आगजनी भएको छ ।
काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्ने वित्तिकै विमान दुर्घटना भएको थियो ।
उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।








