निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसमा निजामती कर्मचारी सङ्गठनद्धारा विद्यालयमा सहयोग


साउन

पर्वत / सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा साउन १५ मा नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति पर्वतले विद्यार्थीहरूको लागि शैक्षिक सामग्री वितरण गरेको छ ।

फलेवास नगरपालिका–५ खानीगाउँको चितिपानीमा रहेको ध्रुव नमुना माध्यमिक विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको अध्ययनमा सघाउनको लागि विभिन्न प्रकारका शैक्षिक सामग्रीहरू वितरण गरिएको सङ्गठन पर्वतका सचिव दीपक सुवेदीले बताए ।

आर्थिक रूपमा समस्यामा परेका विद्यार्थीहरूलाई दाताको खोजी गरेर आवासीय रूपमा नै बस्ने प्रबन्ध रहेको विद्यालयको प्रयासमा सघाउ पु¥याउने उद्देश्यले सहयोग गरिएको उनको भनाइ छ । विद्यार्थीहरूलाई करिब एक वर्षलाई पुग्ने गरी शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज घनश्याम सापकोटा, निजामती कर्मचारी सङ्गठन केन्द्रीय सचिवालय सदस्य एव पर्वतका इन्चार्ज भरत प्रसाद भुसाल, नेकपा एमाले जिल्ला कमिटी सचिव सुवासचन्द्र पौडेल, जिल्ला समन्वय अधिकारी कमल प्रसाद पुन, शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मोतीलाल चपाई, खानीगाउँका वडाध्यक्ष नारायण लामिछाने लगायतले सो अवसरमा मन्तव्य राखेका थिए ।

उनीहरूले नेपालको निजामती कर्मचारीहरूले विभिन्न समयमा गरेको आन्दोलनको क्रममा शाहदत प्राप्त गरेका शहीदहरुको सम्झनामा आयोजना हुने यस्ता कार्यक्रमहरूले विद्यालयको आवासीय कार्यक्रम सञ्चालन गर्न सहयोग हुने बताए । कार्यक्रमकै अवसर पारेर सङ्गठनको पहलमा विद्यालयको सिफारिसको आधारमा एक जना विद्यार्थीलाई कक्षा १० सम्मको अध्ययनको लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा समेत गरिएको छ ।

सङ्गठनले आफ्नो विद्यालयलाई रोजेर सहयोग गर्नाले शैक्षिक व्यवस्थापनमा बल पुगेको विद्यालयका प्रधानाध्यापक झलक शर्मा पौडेल बताउँछन् । नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सङ्गठनको फलेवास नगर कार्य समितिका अध्यक्ष रमेश शर्मा पौडेल र सञ्चालन सचिव दीपक सुवेदीले गरेका थिए ।

ने

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img