१४ श्रावण २०८१ ।
पर्वतमा ६०० रोपनी क्षेत्रफलमा मकैको विउ उत्पादन गरिएको छ । करिव २० लाख लगानीमा मकैको विउ उत्पादन कार्यक्रम संचालन गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
कार्यालयको आव २०८०।२०८१ को वार्षिक कार्याक्रम अन्तर्गत मकै विउ उत्पादन तथा मकै वालि प्रवद्र्धन कार्याक्रम संचालन गरिएकोमा ४७०० रोपनीमा खाएन मकै प्रर्वद्धन र ६०० रोपनीमा मकैको विउ उत्पादन गरिएको कार्यालय प्रमुख परशुराम अधिकारीले वताए ।
मकै विउ उत्पादका लागि मुख्य गरि फलेवास ५ भकलकमा भकलक कृषि सहकारीको व्यवस्थापनमा ५०० रोपनी क्षेत्रफलमा अरुण २ र मनकामना ३ जातको मकै लगाएको छ । त्यसै गरि अन्य स्थानमा १०० रोपनी क्षेत्रफलमा मकै विउ उत्पादन गरिएको छ ।
फलेवासको झकलकमा गत वर्ष २९ टन मकै विउ उत्पादन गरिएकोमा ३२ लाख आम्दानी भएको र यस वर्ष करिव ३२ टन विउ उत्पादन गर्ने लक्ष्य लिएको झकलक कृषि सहकारीका अध्यक्ष नर वहादुर क्षेत्रीले वताए ।
कृषिज्ञान केन्द्रका अनुसार यस वर्ष मकै विउ उत्पादन कृषकका लागि ७५ प्रतिशत अनुदानमा मकैको विउ सहयोग , मिनिटेलर मकै छोडाउने सामाग्री , वजारीकरणका लागि वोरा त्रिपाल,विउ भण्डारणका लागि मेटल बिन सहयोग सहयोग गरिएको छ ।
यस आ वमा मकै खेती लगाएत मुख्यागरि खायल आलु उत्पादन ,फलफुल विकास कार्याक्रम , जलवायूमैत्री कृषि , खाद्धन वालि प्रवद्र्धन लगाएत ग्रामिण पोषण सुरक्षा कार्यक्रमहरु संचालन भएकोमा ८१ प्रतिशत वित्तिय प्रगती भएको र ९२ प्रतिशत भारित प्रगती भएको कार्यालयको प्रतविदनमा उल्लेख छ । प्रदेश र संघको गरि कुल ८ करोड २९ लाख ७१ हजार वजेट रहेकोमा यस वर्ष ६ करोड ७१ लाख खर्च भएको कृषी ज्ञान केन्द्र पर्वतले जनाएको छ ।








