निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

लागू औषध बेचबिखन गर्ने चार जना महिला पर्वतबाट पक्राउ

पर्वत /

लागू औषध बेचबिखन गर्ने चार जना महिलालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन बरामका अनुसार पक्राउ परेकाहरूमा कुश्मा नगरपालिका–७ खरेहामा डेरा गरी बस्ने २१ बर्षिया रोशनी नेपाली, सोही ठाउँमा बस्ने २५ वर्षिया रेखा नेपाली, २६ वर्षिया श्रीषा घर्ती मगर र ३० वर्षिया रबिना तामाङ रहेका छन्।

खरेहामा लागू औषधको कारोबार हुन्छ भन्ने गोप्य सूचनाको आधारमा मिति शनिवार दिउसो करिब तीन बजे स्थलगत निगरानीमा गएको थियो। सो क्रममा रोशनी नेपाली र रबिना तामाङको डेराबाट लागू औषध डाइजापामा फेला पारिएको प्रहरीले बताएको छ।

रोशनी नेपालीको डेराबाट दुई एम.एल.को बुप्रिनोर्फिन इन्जेक्सन आइ.पी एक सय ५७ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन आइ.पी दुई एम.एल.को एक सय ३७ एम्पुल र कुनै पनि अक्षर नलेखेको २३ एम्पुल प्रतिबन्धित लागू औषध बरामद भएको छ।

यस्तै रविना तामाङको डेराबाट दुई एम.एल.को बुप्रिनोर्फिन इन्जेक्सन आइ.पी एक सय ११ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन आइ.पी दुई एम.एल.को एक सय ११ एम्पुल र डाइजापाम इन्जेक्सन ११ एम्पुल बरामद भएको छ।

पक्राउ परेकाहरूमाथि लागू औषध शीर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img