२६ मे २०२५/
चार भञ्याङ तमुसमाज यूकेको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रम २६ मे २०२५का दिन अल्डरसट स्थित माइतीघर पबमा आयोजना गरिएको थियो ।
कार्यक्रममा विषेश गरि नेपाल बाट विभिन्न कार्यकोलागि बेलायतमा पाल्नु भएका चार भन्ज्याङ्ग सदस्यहरुलाइ सम्मान गरिएको समाजका अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिनुभएको छ ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ्ग, पूर्ब प्रहरी उपरिक्षक र हाल कतार भिषा सेन्टरका प्रबन्ध निर्देशक प्रताप कुमार गुरुङ्ग, शिलशोभा गुरुङ्ग, क्याप्टेन प्रेम बहादुर गुरुङ्ग श्रिमति आशा देवी गुरुङ्ग, स्व. राज सभा स्थायी समिति सदस्य प्राध्यापक गणेश गुरुङ्गकी धर्म पत्नी मिना गुरुङ्ग, श्रीमति शान्ती गुरुङ्ग, श्रीमति जीरिमाया गुरुङ्ग लगाएतलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष ले. नारायण प्रसाद गुरुङ्ग बि ई एम र पूर्ब अध्यक्ष मेजर कृष्ण गुरुङ्गले मन्तब्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष वेन कुमार गूरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव अमर गुरुङ्गले गर्नुभएको थियो भने स्वागत मन्तब्य दुर्गा गुरुङ्ले राख्नुभएको थियो ।












