११ जेष्ठ पर्वत ।
पर्वतको महाशिला गाँउपालिले १८औ गाँउ सभा सम्पन्न गरेको छ । मंगलवार सम्पन्न गाँउ सभाले आव २०८२।२०८३ का लागि निती तथा कार्यक्रम पास गरेको हो ।
गाँउसभाले आव २०८२।२०८३का लागि ४५ करोड ४५लाख ४५ हजार ५सय ४५ रुपैयाको वजेट पास गरेको हो ।
गाँउ सभामा उपाध्यक्ष धनसुभा विकले प्रस्तुत गर्नु भएको आगामी वर्षको वजेटले कृषि ,सडक, पर्यटन ,शैक्षिक विकास तथा स्वास्थ्य सेवा लाई प्राथामिकता दिएको छ ।
१८ औ गाँउ सभामा अध्यक्ष इश्वरी प्रसाद भुषालले निति तथा कार्यक्रम पेश गर्नूभएको थियो ।
गाउ सभाले आगामी आवमा विपन्न नागरिक हरुलाई स्वास्थ्य विमा सहयोग गर्ने , कृषि उत्पादन लाई जोड दिने , गाँउपालिका भित्रका विद्यालयलाई सवारी साधन संचालमा सहुलियत दिने , सहकारी मार्फत वजारीकरण लाई जोड दिने जेष्ठ नागरिक स्वास्थ्य सेवा , महाशिला संयमसेवक कार्यक्रम निरन्तरता दिने जस्ता कार्यक्रमहरु समावेश गरेको छ ।









