१० जेष्ठ पर्वत ।
पर्वतको फलेवास नगरपालिकाले १७ औ नगरसभा सम्पन्न गरेको छ । सोमवार सम्पन्न नगरसभाले आव २०८२।२०८३ का लागि निती तथा कार्यक्रम पास गरेको छ । नगरसभाले आव २०८२।२०८३का लागि ७० करोड २१ लाख ७० हजार वजेट पास गरेको हो । जस अन्र्तगत पुजिगत तर्फ १६ करोड २५ लाख ५०हजार रहेको छ भने चालु तर्फ रु ५३ करोड ९६ लाख विस हजार रहेको छ ।

१७ औ नगर सभामा नगरले लिएका निती तथा कार्यक्रम सम्पन्न गर्न उप प्रमुख शोभा कुमारी क्षेत्रीले विषयगत क्षेत्रको वजेट पेश गर्नुभएको थियो ।
फलेवास नगरपालिका ले आगामी वर्षमा नगरका ११ वटै वडाहरुमा कालोपत्रे सडक पु¥याउने , विद्यालया दिवा खाजा संचालन गर्ने , खानेपानी समस्या समाधान गर्न एक घर एक धारा अभिायन , साना सिंचाइ कार्यक्रम , नगदेवाली अदुवा वेसार खेती प्रवद्र्धन गर्ने , लोकल विउ विजन लाई प्रवद्र्धन गर्ने साथै वजारीकरणका लागि प्याकेजिङ गर्ने जस्ता कार्यक्रम संचालन गर्ने कार्यक्रममा समावेश गरिएको छ ।
नगर सभाले विनियोजन विधेक , वन व्यवस्थापन गर्न वनेको विधेयक, खानेपानी तथा सरसफाई र स्वच्छता व्यवस्थापन विधेयक २०८२ पास गरेको छ ।









