निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

विकास र वातवरण बीच समन्वय गर्न स्थानीय तहसंग छलफल

२६ असार २०८२ पर्वत /


विकास र वातवरण बिच समन्वय गर्न पर्वतका स्थानीय तहका प्रमुखहरु तथा सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले आज एक समन्वय गोष्टीको आयोजना गरि छलफल गरेको हो ।
कार्यक्रममा कार्यालयले आव २०८१/ २०८२ को वार्षिक प्रगती समेत सार्वजनिक गरेको छ । यस आ.व. मा कार्यालयले भौतिक प्रगती ९१.८० प्रतिशत र समग्र वित्तिय प्रगती ८९.९७ प्रतिशत गरेको कार्यालय प्रमुख शम्भु कुमार मिश्रले जानकारी दिनु भयो ।

मिश्रका अनुसार पर्वत जिल्लामा हरेक वर्ष भुक्ष्य भैरेहकोमा सवै सचेतहुने वेला आएको वताउनु भयो । उहाले वर्षेनी पर्वत जिल्लाको उर्वरा माटो ३ लाख ५० हजार ३ सय ४३ टन भुक्ष्यका कारण वगेर जाने गरेको तथ्यांक रहेको जानकारी गराउनु भयो ।

समन्वय गोष्टीमा पर्वतका सवै पालिकाले भु क्षय न्यूनिकरणमा जोड दिनुपर्ने ,स्थानिय श्रोत साधनको प्रयोग गरि पहिरो,गल्छीमा वृक्षरोपर्ण गर्नुपर्ने ,कम खर्चिलो प्रविधीहरु व्रस लेयारिंग, वासको छेकावाध जस्ता कार्यहरु गरि पहिरो नियन्त्रण गर्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमा स्थानिय तहमा भुसंरक्षण प्रविधी हस्तान्तरण, वायो इन्जि कार्यक्रमका लागि तालिम संचालन भू संरक्षण तथा जलाधार व्यवस्थापनमा नविन प्रविधी विकास र प्रयोग तथा जलाधार क्षेत्रको पहिचान तथा प्राथमिकिकरण भावी योजनामा समावेश गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।
भु क्षय न्युनिकरणमा फसाईन , वाटलिङ्ग , व्रस लेअरिङ्ग, बा“स रोपण, जैविक वारख, घा“स रोपण जस्ता प्रविधी अपनाउन कार्यालयको अनुरोध छ ।

कार्यक्रममा वोल्दै जिल्ला समन्वय प्रमुख विष्णुराम विकले योजना कार्यन्वयन गर्दा सवै पालिकाले वातवरण प्रभाव मुल्यांकन गर्नुपर्ने मा जोड दिनुभयो । भुक्ष्य न्यूनिकरणका लागी भु तथा जलधार व्यवस्थापन कार्यालय संग समन्वय गरि कार्याक्रम संचालन गर्दा प्रभावकारी हुने भएकोले कम लागत र स्थानिय श्रोतको उपभोग गरि भू क्षय न्यूनिकरणका कार्यक्रम कार्यन्वयन गर्न उहाले आग्रह गर्नूभयो ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे , नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी ,नेपाली कांग्रेस पर्वतका उप सभापती शिवप्रसाद सुवेदी, नेकपा माओेवादी केन्द्र पर्वतका उमाकान्त भुर्तेल महाशिला गाँउ पालिका अध्यक्ष इश्वरी प्रसाद भुसाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका पर्वतका उपप्रमुख सोम बहादु जिसी , मोदि गाउपालिकाका अध्यक्ष हिरादेवी शर्मा , महाशिला गाँउपालिका उपाध्यक्ष धन कुमारी विक, पैंयूगाउपालिका उपाध्यक्ष यमकुमारी राना ,फलेवास नगरपालिका उपप्रमुख शोभा कुमारी क्षेत्री लगायत पर्वतका सरकारी कार्यालयका प्रमुखहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सुचना अधिकारी दुर्गा प्रसाद शर्माले गर्नु भएको थियो ।

भु तथा जलधार व्यवस्थापन कार्यालयमा यस वर्ष १८३ वटा योजना रहेकोमा १६८ वटा योजना सम्पन्न भएका छन् । योजना कार्यन्वयनमा प्रदेश सरकारको ९करोड २८ लाख ९६ हजार र संघको रु १ करोड २९ लाख वजेट रहेकोमा प्रदेश तर्फको वजेटमा ८८.१३ प्रतिशत र संघ तर्फको वजेटमा ८८.४४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

यस वर्ष गल्छीरपहिरो नियन्त्रण , वस्तीरवजार संरक्षण , तालरपोखरी संरक्षण ,
वार्षिक कार्यक्रम र वजेट केन्द्र र प्रदेश वाटै तोकिएर आउनेहुदा वास्तविक समस्यमा परेकाहरुलाई सम्वोधन गर्न नसकिएको कार्यालय प्रमुख मिश्रको भनाइ रहेको छ । कार्यालयमा छुटै किसिमको वजेट छैन आकष्मिक समस्या परेर आउने लाई सहयोग गर्न अप्ठ्यारो छ उहाले भन्नुभयो ।

कार्यक्रमा कार्यालय वाट सिफारिस भएका योजना भन्दा माथी वाटै योजना आउने चलनले वास्तविक समस्यमा परेकाहरु पिडामा रहेको सहभागीहरुले गुनासो गरे ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img