,
२४ जेष्ठ/
सरकारले सुनमा लगाएको २ प्रतिशत विलाशिता कर र वहुमुल्य पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजको माग राख्दै पर्वत सुन चाँदी व्यवसायी संघ आन्दोलनमा आन्दोलनमा उत्रीएको छ ।
व्यवसायिहरु विगत २ हप्ता वाट पसलमा ताला लगाएर आन्दोलमा उत्रीएका हुन् । करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन्।

आज व्यवसायीहरुले उपभोक्ता सचेतना कार्याक्रम सम्पन्न गरि जिल्ला प्रशासन कार्यालय पर्वतमा धर्ना दिएका छन् । धर्ना कार्यक्रममा बोल्दै पर्वत सुनचादी व्यवसायी संघका संस्थापक अध्यक्ष निर्मल विश्वकर्माले सरकारको यो कदमले व्यवसायीहरु संकटमा पर्ने वताउदै यस्तो निर्णय पुर्नविचार गर्न आग्रह गर्नूभयो ।
हामी देशै भर पसल वन्द गरेर आन्दोलमा छौ सरकार मौन छ यदी यस्तै भैरहेमा आन्दोन शसक्त हुने छ विश्वकर्माले भन्नु भयो ।
सोही कार्यक्रममा पर्वत सुनचादी व्यवसायी संघका अध्यक्ष विनोद पोखरेले सुनचाँदीमा लगाइएको २ प्रतिशत करले व्यवसायलाई कस्तो असर गर्छ भन्ने विषयमा धारण राख्नु भएको थियो । कार्यक्रममा पर्वतमा सवै सुनचादी व्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सचिव कृष्ण विश्वकर्माले गर्नुभएको थियो ।
आन्दोलकै क्रममा सोमवार पर्वत सुनचादी व्यवसायी संघले मोटरसाईल ्ययाली सम्पन गरेको छ । संघले विहीवार र सुक्रवार राजधानी काठमाडौमा आयोजनाहुने वृहत आन्दोनलमा पर्वत वाट सहभागिता हुने जनाएको छ ।











