निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रेस चौतारी पर्वतले जिल्लामा क्रियाशिला महिला पत्रकारलाई सम्मान गर्ने


पर्वत । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जिल्लामा क्रियाशील महिला पत्रकारहरूलाई सम्मान गरिने भएको छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको शुक्रबार बसेको बैठकले भदौ १ गते सम्मान सहित दर खाने कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष दिपेश वि पोखरेलले जानकारी दिनुभयो।
कार्यक्रममार्फत जिल्लामा लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै महिलाको आवाज बुलन्द गर्न योगदान पुर्‍याउने महिला पत्रकारहरूलाई सम्मानपत्र प्रदान गरिनेछ।

अध्यक्ष पोखरेलका अनुसार महिला पत्रकारको पेशागत हैसियत अभिवृद्धि गर्न, हौसला प्रदान गर्न र पत्रकारितामा महिलाको सहभागिता थप प्रोत्साहन गर्न यो कार्यक्रम आयोजना गरिएको हो।
शाखाको बैठक प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश वि पोखरेलको अध्यक्षता र गण्डकी प्रदेशका इन्चार्ज गणेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा केन्द्रको निर्णय अनुसार पर्वत शाखाको इन्चार्जका रुपमा आउनुभएका सिर्जना पन्तलाइ स्वागत गरिएको थियो ।
बैठकमा केन्द्रिय सदस्य गणेश गिरी, प्रदेश सचिव डिल बहादुर वि.क,सिर्जना बराल,निवर्तमान अध्यक्ष कृष्ण अखेली,पुर्व अध्यक्ष लक्ष्मण सापकोटा, सन्तोष थापा, प्रेस चौतारीका नेता राजु पौडेलको विशेष उपस्थिति रहेको थियो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img