निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतका सरकारी कार्यालय र पत्रकारहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ साउन २०८२, शुक्रवार पर्वत ।

पर्वतका सरकारी कार्यालयका प्रमुख तथा जिल्लामा क्रियाशिल पत्रकार विच विहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा सम्पन्न भएको कार्यक्रममा पर्वतमा रहेका सरकारी कार्यालयहरुले आ.व २०८१।२०८२मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गत आवमा पर्वत जिल्लामा विभिन्न सरकारी कार्यालयले संचालन गरेका कार्यक्रमहरुको भौतिक तथा वित्तिय प्रगती राम्रो देखिए पनि कार्यक्रमको दिगोपना तथा प्रभावकारिताका लागि सरोकारवालाहरु वाट अनुगमन हुनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले कार्यालय बाट प्रदान गरिने सेवा प्रभावकारी हुनुपर्ने विकास निर्माण सम्वन्धि योजनाहरु वातवरणमैत्री हुनु पर्ने, साथै कार्यसम्पादन प्रतिवेदनमा उल्लेख भए अनुसार फिल्डमा पनि प्रभावकारी कार्य हूनुपर्नेमा जोड दिनुभयो ।

उँहाले जिल्ला प्रशासन कार्यालयवाट यस वर्ष सम्पादन भएका मूख्य कार्यक्रमहरुको वारेमा समेत जानकारी गराउनु भएको थियो । पछिल्लो समय राष्ट्रिय परिचय पत्रको कार्यमा वढि भिडभाड हुने गरेकोमा कसरी सहज वनाउन सकिन्छ भन्ने विषयमा निरन्तर लागेको उहाले वताउनु भयो ।

कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको वारेमा प्रजिअ घिमिरेले पर्वतका सरकारी कार्यालयमा प्राप्तहुने सुचना सन्देशको वजेट संचार माध्यामको प्रयोग गरि नागरिकहरुलाई सुचना सन्देश प्रवाह गर्न सवै कार्यालयलाई अनुरोध गर्नुभयो । साथै मौसमजन्य विपत अन्तर्गत निर्माण भएका घरहरुको लामो समय देखी रकम प्राप्त गर्न नसकेको भन्ने विषय उठानमा निर्माण सम्पन्न घरहरुको भुत्तानीका लागि आफुले निरन्तर प्रयास गरेको उहाको वताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले सरकारी कार्यालयहरुले संचालन गर्ने कार्यक्रमहरु जनता समक्ष पु¥याउन मिडियाले महत्वपुर्ण भुमिका खेल्ने भएको हँुदा संचार माध्यामको भरपुर प्रयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा पत्रकार डिल विक लगाएतले विभिन्न कार्यालयले प्रस्तुत गरेका प्रतिवेदनमा रहेर आफ्नो भनाई राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा पर्वतका सवै सरकारी कार्यालय प्रमुखहरुले कार्यालयको भौतिक तथा वित्तिय प्रगतीको वारेमा जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रशासकिय अधिकृत श्याम कृष्ण पौडेलले राख्नुभएको थियो भने कार्यक्रमको संचालन भरत सापकोटाले गर्नूभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img