निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पुर्वाधार विकास कार्यालय पर्वतको भौतीक प्रगति ७८ प्रतिशत

साउन, पर्वत । गण्डकी प्रदेश सरकार अन्तर्गत पर्वतमा रहेको पुर्वाधार विकास कार्यालय पर्वतले आर्थिक वर्ष ०८१/८२ मा ७८ प्रतिशत भौतीक प्रगति गरेको छ ।
गत आर्थिक वर्षका लागि बिनीयोजित कुल बजेट ८४ करोड ३९ लाख ५० हजार रुपैया मध्ये ६३ करोड ९४ लाख ६३ हजार रुपैया खर्च गरेको हो । चालु तर्फको एक करोड २५ लाख मध्ये ९६ लाख ५५ हजार रुपैया खर्च भएको छ भने पुँजीगत तर्फ गण्डकी प्रदेशको ८२ करोड ४३ लाख ५० हजार मध्ये ६२ करोड ९८ लाख ८ हजार रुपैया खर्च गरी वित्तिय प्रगति ७६ दशमलब ४८ प्रतिशत प्रगति हासिल गरेको हो ।

गत आर्थिक वर्षमा बजेट बिनीयोजन भएका एक सय ३३ वटा योजना मध्ये पाँच वटा योजना संचालन हुन नसकेको र बाँकी १ सय २७ वटा सडक तथा मोटरेवल पुल आयोजनाको काम सम्पन्न भएको कार्यालय प्रमुख सन्तोस अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार फलेवास नगरपालिका वाड नं. ३ र ९ को टारी–खनार–फाप्रे मोटरवाटो, छविसे–संघेला–छाम्मी अर्चले–सिरुवारी सडक दोहोरो बजेट बिनीयोजन भएकाले मन्त्रालयले रोक्का राखेको थियो । यसैगरी उल्लेखरीदेखि ग्रामोदय मावि हुँदै सल्यानधारा जोड्ने सडक, विहादी–५ को डण्डारे– जिरो किमी हुँदै वडा कार्यालय सम्म जाने, कुश्मा–९ को नारीकोट–नरम्टा–लामिछानेथर सडक पनि दोहोरो बजेट परेकोले मन्त्रालयले रोकेको थियो ।

अन्य सवै योजनाहरुमा बजेट अनुसारको काम सम्पन्न भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा यस कार्यालयवाट विभिन्न सडक खण्डमा गरी १० किलोमिटर ९८ मिटर कालोपत्र भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा १५ किलोमिटर कालोपत्र गर्ने लक्ष राखेको कार्यालयले १० किलोमिटर, ९८ मिटर मात्र कालोपत्र गर्न सफल भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा कच्ची सडक एक दशमलब ३४९ किलोमिटर बिस्तार गरिएको छ भने सात दशमलब ३६ किलोमिटर सडक ग्राभेल गरिएको छ । २९ किलोमिटर सडकको चौडाई विस्तार गरिएको छ भने १८ किलोमिटर लामो नाली निर्माण गरिएको छ ।

कार्यालय प्रमुख अर्यालका अनुसार ४७ हजार चार सय ४८ घटमिटर टेवा पर्खाल निर्माण गरिएको छ ७६ वटा कल्भर्ट र १० किलोमिटर सडक मर्मत सम्भार गरिएको छ । पर्वतमा गत आर्थिक वर्षमा लिदिखोला मोटरेबल पुल निर्माण सम्न्न भएको र मल्यांदी खोला र छत्तिसेघाट मोटरेबल पुल निर्माणाधिन अवस्थामा पुगेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षमा पाँच करोड भन्दा बढिको सडक आयोजनामा हिमालय मावि–नुहार–खनियाघाट सडक कालोपत्र गरिएको छ ।

चार किलोमिटर आठ सय मिटर लामो उक्त सडक मध्ये तीन किलोमिटर कालोपत्र र एक हजार आठ सय मिटर ढलान गरिएको हो । यस्तै पाँच करोड भन्दा कम लागतको सडक मध्ये फलेवासको उपल्लो बाच्छाचोकदेखि–हरेचौपारी सडक फलेवास सडक सम्पन्न भएको छ । अन्य सालवसाली र अधिकांस टुक्रे योजनाहरुको काम पुर्ण रुपमा सम्पन्न भएको अर्यालले जानकारी दिए ।

पुर्वाधार विकास कार्यालय पर्वतका इन्जिनियर अर्जुन शर्माका अनुसार चालु आर्थिक वर्षमा ७५ वटा सडक स्तरोन्नतीका लागि बजेट बिनीयोजन भएको छ । गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा झण्डै १९ करोड ४५ लाख रुपैयाले घटेको छ । चालु आर्थिक वर्षका लागि जम्मा ६३ करोड २२ लाख रुपैया बजेट बिनीयोजन भएको शर्माले जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img