निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

आइ.एम.ई लाइफ इन्स्योरेन्स कुश्माका उत्कृष्ट एजेन्सीहरुलाई सम्मान

लक्ष्मण बिसि,पर्वत-आइ.एम. ई.लाईफ इन्स्योरेन्स कम्पनी लि. कुश्मा उपशाखामा गत आ.ब. २०८१/०८२ मा विभिन्न विधामा उत्कृष्ट भएका ऐजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई अवार्ड वितरण गरिएको छ । सनिबार विशेष कार्यक्रमको आयोजना गरि अवार्ड वितरणसँगै सम्मान गरिएको हो । आफ्नो व्यक्तिगत कोडमा उत्कृष्ट बिमा गर्नेतर्फ बिष्णु प्रसाद शर्मा प्रथम, डिल बहादुर गुरुङ दिर्तिय र हरि प्रसाद शर्माले तृतीय अवार्ड प्राप्त गर्नुभएको छ । त्यस्तै टिम बिजनेसमा श्रीराम भुसाल प्रथम, बिन्दु भुसाल दिर्तिय र बिष्णु प्रसाद शर्माले तृतीय आवड प्राप्त गर्नुभएको छ । उत्कृष्ट पोलिसीतर्फ बिष्णु प्रसाद शर्माले अवार्ड प्राप्त गर्नुभयो भने धेरै अभिकर्ता बनाउनेमा बिन्दु भुसालले अवार्ड प्राप्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आइ.एम. ई.लाईफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख मिन बहादुर जिसिले बिमा क्षेत्रमा काम गर्नु सेवा र धर्म भएको उल्लेख गर्दै यस क्षेत्रमा नाम,दाम र सम्मान रहेको बताउनुभयो । सुरक्षीत भविष्य, बचत तथा जोखिम बहनका लागि जीवन बिमा अत्यन्त आवश्यक भएको बताउदै सबैले बिमा अनिवार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
विभिन्न रोग तथा जोखिम बहन गर्न र उपयुक्त बचत गर्नका लागि बिमाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै सबैलाई बिमा गर्न अनुरोध गर्नुभयो । अवार्ड जित्ने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो व्यवसायलाई थप मजबुत गराउन अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै आई.एम.ई. लाइफ इन्स्योरेन्स कुश्मा उपशाखाका प्रमुख तिलकराम लामिछानेले उत्कृष्ट हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै  आफ्नो व्यवसाय प्रवर्द्धन र आर्थिक समृद्धिको लागि सक्रियतासाथ लाग्न एजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा एजेन्सी मेनेजरहरु बिष्णु प्रसाद शर्मा, हरि प्रसाद शर्मा लगायतले अनुभव आदनप्रदान गर्नुभएको थियो ।
कुश्मा उपशाखा प्रमुख तिलकराम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एजेन्सी मेनेजेर डिल बहादुर बिकको स्वागत मन्तव्य र कार्यक्रमको संचालन एजेन्सी मेनेजर लक्ष्मण बिसिले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img