निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, माघ २२, २०८२
Wednesday, February 4, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक परिक्षण सम्पन्न

पौष १२ पर्वत /
एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक परिक्षण सम्पन्न भएको छ ।

गुड नेवर्स इन्टरनेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोडेक नेपाल पर्वत र नवचेतना सामुदायिक विकास केन्द्रले पर्वतमा संचालन गरेको एकिकृत सामुुदायिक परियोजनाको सामाजिक परिक्षण सम्पन्न भएको हो ।

परियोजनाको सामाजिक परिक्षण पर्वतको फलेवासन नगरपालिका ७ लिमिठाना र मोदी गाँउपालिका ३ देउरालीमा सम्पन भएको हो ।

फलेवास नगरपालिका ७ मा सम्पन्न सामाजिक परिक्षणमा बोल्दै वडा अध्यक्ष केशर पन्तले परियोजनाको सहयोगमा सहकारी संस्था स्थापनाले उद्यमी प्रवद्र्धनमा ठुलो भुमिका खेलेको वताउदै सवै जना सहकारीमा आवद्ध भै उद्यम विकासमा लाग्न अनुरोध गर्नुभयो । लिमिठानामा परियोजना संचालन पश्चात स्वास्थ्य र शिक्षामा प्रभावकारी कार्य भएको पन्तले वताउनुभयो ।

त्यसैगरी मोदी गाँउपालिका ३ देउरालीमा आयोजना भएको कार्यक्रममा वोल्दै वडा सदस्य नन्दमाया पुनले यस क्षेत्रमा संचालन गरिएको परियोजनाले स्थानिय स्तरका नागरिकहरुलाई प्रतक्ष फाइदा पुगेको बताउदै कार्यक्रमले शैक्षिक गुणस्तमा सहयोग पुग्नुका साथै गुणस्तरिय स्वास्थ्य सेवा संचालनका लागि सहयोग पुगेकोमा सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।

सामाजिक परिक्षण कार्यक्रममा सोडेक नेपालका परियोजना अधिकृत रमेश प्रसाद रिजाल र नवचेतना सामुदायिक विकास केन्द्रका जनस्वस्थ्य अधिकृत बिमल अधिकारीले सन २०२५ मा सम्पादन भएका कार्यक्रम र खर्च भएको वजेटको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पत्रकार डिल व विकले संस्था द्धारा संचालित कार्यक्रमको सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नभएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले परियोजना संचालित भए पछी गरिव तथा विपन्न विद्यार्थीहरुको शिक्षामा सहयोग पुगेको सहकारी मार्फत आयआर्जनका कार्यक्रम संचालन भएको स्वास्थ्य सेवा प्रभाह प्रभावकारी भएको बताएका थिए ।
वक्ताहरुले विद्यालमा छुट भएका वालवालिकाहरु लाई प्रयोजन सेवामा थप गर्नुपर्ने लगायतका सुझाव पेश गरेका थिए । समाजिक परिक्षणमा उठान गरिएका विषयहरु माथी गुड नेवर्स इन्टरनेशन नेपालका कलष्टर संयोजक रन्जीत कुमार चौधरीले प्रष्ट पार्नुभएको थियो ।

सामाजिक परिक्षण कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु, सोडेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिना नवचेतना सामदायिक विकास केन्द्रका अध्यक्ष गोपाल दास पौडेल सहकारी संस्थाका प्रतिनिधीहरु, संस्थाका कर्मचारीहरु ,स्वास्थ्य संयमसेविकहरु शिक्षक प्रतिनिधीहरु तथा वालवालिकाहरुको उपस्थिती रहेको थियो ।

एकिकृत सामुुदायिक परियोजना अन्तर्गत सोडेक नेपाल वाट सहकारी व्यवस्थापन ,आयआर्जन, स्मार्ट वोर्ड सहयोग ,विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

त्यसैगरि नवचेतना सामुदायिक विकास केन्द्रले स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री सहयोग , वालमैत्री धारा निर्माण, विद्यार्थीहरुको स्वास्थ्य परिक्षण, स्वास्थ्य आमा समुहको सुदृरिकरण महिला सामुदायिक संयमसेविकाहरुको क्षमता विकासमा सहयोग गर्दै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img