निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, चैत्र ४, २०८२
Wednesday, March 18, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वत महोत्सवमा दोहोरी गीत प्रतियोगिता ,प्रथम पुरस्कार १ लाख ३३ हजार

८ पौष पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सवमा खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको हो । महोत्सव यहि पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको छ ।

महोत्सवका मुख्य आकर्षणको रुपमा रहेको खुल्ला लोक दोहोरी प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख ३३ हजार तीन सय ३३ रहेको छ । द्धितिय पुरस्कार ६६ हजार ६ सय ६६, तृतयि पुरस्कार ३३ हजार तीन सय ३३ र सान्त्वना पुरस्कार १६ हजार ६ सय ६६ रहेको छ ।

यो प्रतियोगितामा नेपालभरीका लोक पारखी कलाकारहरुले सहभागिता जनाउन पाउने भएका छन् । अहिले टिम दर्ताको काम धमाधम भैरहेको दोहोरी गीत प्रतियोगिता संयोजक मिनप्रसाद शर्माले जानकारी दिनुभयो । पछिल्लो समय विभिन्न युट्युव च्यानलहरुमा दोहोरी गीत प्रतियोगिता तर्फ आकर्षण देखिएका बेला पर्वतमा पनि राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुले दोहोरी गीतका लागि टिम दर्ता गराएको उहाँको भनाई छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img