निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अतिक्रमित जग्गाको खोजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्वत

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्ला भित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन पहल थालेको छ ।

नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासनले जिल्लास्थित सबै स्थानीय तह र सम्बन्धित सरकारी कार्यालयलाई पत्राचार गर्दै आफ्नो कार्यक्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गाको पहिचान, वर्तमान संरक्षण अवस्था तथा अतिक्रमण भए–नभएको यथार्थ विवरण पठाउन आग्रह गरेको हो ।
प्रशासनका अनुसार अतिक्रमणमा परेका जग्गाको विस्तृत विवरण संकलन गरी आवश्यक समन्वयका आधारमा अतिक्रमण हटाउने योजना अघि बढाइनेछ । अतिक्रमण हटाउने कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायसमेत परिचालन गरिने जनाइएको छ ।

प्राप्त विवरणका आधारमा मन्त्रालयको स्वीकृति लिएर चरणबद्ध रूपमा अतिक्रमण हटाउने, जग्गा संरक्षण गर्ने तथा भविष्यमा पुनः अतिक्रमण हुन नदिने दीर्घकालीन व्यवस्थापन योजना लागू गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img