काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा गेटाफेलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एक/एक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए । जितसँगै बार्सिलोनाले तीन खेलमा ७ अङ्क जोडेको छ।
बार्सिलोना चौथो स्थानमा रहेको छ।
गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अङ्क जोड्न सकेको छैन । यस्तै, गएराति नै भएकाे अर्काे खेलमा रायो भालेकानोले सानदार जित निकालेको छ । उसले ग्रानडालाई ४–० गोल अन्तरले पराजित गरेकाे हाे।
यस्तै, अर्को खेलमा एथ्लेटिको मड्रिडले भिल्लारियलसँग २–२ गोलको बराबरी खेलेको छ भने ओसासुनाले कार्डिजलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।









