निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पत्रकार र पर्वतजेसीज बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

पर्वत – पत्रकार र पर्वतजेसीज बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्नआयोजनामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

सोमबार सशस्त्र प्रहरी बल नेपालको नम्बर २५ गण हेडक्वार्टर चण्डिका गण कुश्मामा आयोजक पर्वत जेसिज र नेपाल पत्रकार महासङ्घ पर्वत शाखाबिच मैत्रीपूर्ण खेल भएको हो । सुरुदेखि नै रोमाञ्चक बनेको खेलको निर्धारित समयमा समान ४/४ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

जसमा जेसिजको टोलीले चार गोल प्रहार गर्न सक्यो भने पत्रकारको टोली तीन गोलमै सीमित भयो । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक करणसिंह धामीले रेफ्रिलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको सुरुवात भएको थियो ।

सो अवसरमा बोल्दै धामीले पर्वतमा जेसिज र पत्रकारहरूबिच देखिएको सामीप्यतामा खुसी व्यक्त गर्नुभयो । दुवै पक्ष व्यावसायिक रूपमा फुटबल नखेले पनि उनीहरूले दिने सन्देशले समाजमा खेलको महत्त्व झल्काएको उहाँको भनाई छ ।

कार्यक्रममा पर्वत जेसिजको अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्मा, पत्रकार महासङ्घ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, जेसिज सप्ताहका मूल संयोजक शर्मिला शर्मा, फुटबल खेलका संयोजक अर्जुनराज पुरी लगायतले पनि बोल्नुभएको थियो ।

पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा भएको खेल अघिको औपचारिक कार्यक्रमको सञ्चालन महासचिव प्रवेशराज पुरीले गर्नुभएको थियो ।

कार्यक्रम बोल्दै पर्वत जेसिजका अध्यक्ष पौडेलले खेलकुद युवाको सीप, व्यक्तित्व विकास र नेतृत्व निर्माणको साझा उत्सव भएको बताउनुभयो । मैत्रीपूर्ण फुटबल प्रतियोगिताले जेसिज सप्ताहले उद्देश्य राखेको युवा सशक्तीकरण, स्वस्थ प्रतिस्पर्धा र सामुदायिक एकताको सन्देशलाई अझ सबल बनाएको उहाँको भनाइ छ ।

पर्वत जेसिजले हरेक वर्ष झैँ यस वर्ष पनि साताव्यापी ‘जेसिज सप्ताह–२०२५’ मनाइरहेको छ । सामाजिक सेवा, नेतृत्व विकास तथा सीप अभिवृद्धिमै केन्द्रित कार्यक्रमहरू गर्दै आएको जेसिजले यस पटक “सीप र सम्भावना: नयाँ युगको सुरुवात” भन्ने मूल नारासहित युवामुखी र प्रभावकारी गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

बाँकी रहेका कार्यक्रमहरू अन्तर्गत मङ्सिर २ गते कम्प्युटर मर्मत तथा सामग्री हस्तान्तरण कार्यक्रम, मङ्सिर ३ गते जेसिज बोर्ड स्थापना कार्यक्रम, मङ्सिर ४ गते स्लो बाइक रेस प्रतियोगिता र मङ्सिर ५ गते लोकनृत्य प्रतियोगिता तथा जेसिज सङ्गम कार्यक्रम सम्पन्न गरिने छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img